८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

राैतहटकी सबीलाई भारतकाे ड्याज्लिङ डिभा अवार्ड

<br>

भारतको जयपुरमा भएको ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागततर्फको ‘ड्याज्लिङ डिभा’अवार्ड जितेकी छन्।

२१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी उक्त प्रतियोगितामा सबीले उक्त विधागत उपाधि पोल्टामा पारेकी हुन्। सबीलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो। रौतहटकी सबी १८ वर्षकी छिन्।

प्रतियोगितामा जानुअघि उनलाई १० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ की विजेता पिङकी तामाङले तालिम दिएकी थिइन्। गोकर्ण गुरुङले उनको पहिरनको डिजाइन गरेका थिए। सबीले प्रतियोगितामा राष्ट्रिय पोसाक विधामा तामाङ पोसाक लगाएकी थिइन्।

परिवर्तन इभेन्ट हाउसकी नेसनल डिरेक्टर सोनिया जिआरकाे अनुसार यो प्रतियोगिता एक सातासम्म चलेको थियो। सबीले शीर्ष उपाधि नजिते पनि विधागततर्फको उपाधि जित्न पाउँदा खुशी व्यक्त गरिन्।

प्रकाशित: ८ कार्तिक २०८१ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App