७ कार्तिक २०८१ बुधबार
image/svg+xml
कला

कडा सुरक्षाका साथ काममा फर्किए सलमान खान

बलिवुडका सुपर स्टार सलमान खानले आफ्नो नियमित काम सुरु गरेका छन्।

विश्नोई समूहले ज्यान मार्ने धम्की दिएपछि पछिल्लो केही दिनदेखि उनी घरमै थिए। तर, आफ्को कामको प्रतिबद्धतालाई पूरा गर्न कडा सुरक्षाकाबीच उनले काम सुरु गरेका हुन्।

भारत मुम्बईका नेता एवं सलमान खानका नजिक मानिएका बाबा सिद्दिकीको हत्या गरेको विश्नोई समूहले सलमानको हत्याको चेतावनी दिएपछि उनी घरमै थिए।

विश्नोई समूहको चेतावनीलाई ध्यानमा राख्नै सलमान खानले आफ्नो आगामी चलचित्र सिकन्दरको छायाङ्कन सुरु गरेका हुन्। उनको सिकन्दर आगामी वर्षको ईदमा रिलिज हुनेछ।

त्यस्तै उनले रोहित शेट्ठीको निर्देशनमा बनिरहेको सिंघम अगेमा पनि कैमियोका लागि सुटिङ्ग सुरु गरेका छन्। सिंघम अगेनमा उनी चुलबुल पाण्डेको अवतारमा देखा पर्नेछन्।

सलमानको सुरक्षाका लागि वाई प्लस सुरक्षा तैनात गरिएको छ भने उनको व्यक्तिगत सुरक्षाकर्मीले पनि विषेश ध्यान दिइरहेका छन्।

प्रकाशित: ७ कार्तिक २०८१ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App