२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

अस्वेत भएकैले बलिउडमा धेरै विभेद खेपेँ – मिथुन चक्रवर्ती

बलिउडका भेट्रान अभिनेता मिथुन चक्रवर्तीले आफु कालो भएकैले विभेदमा परेको खुलासा गरेका छन् । 

बलिउड प्रवेश गरेको झण्डै ५ दशकपछि पहिलो पटक मिथुनले कालो वर्णकै कारण आफु सुरुवाती दिनमा विभेदमा परेको बताएका हुन् । 

७० औं राष्ट्रिय फिल्म अवार्डमा ‘दादा साहेब फाल्के’ अवार्ड ग्रहण गर्दै मिथुनले बलिउडमा रङका आधारमा विभेद हुने गरेको खुलासा गरेका हुन् । राष्ट्रपति द्रौपदी मुर्मुबाट अवार्ड लिएसँगै उनले भने – ‘यो अवार्डले आफुलाई धेरै गौरवान्वित बनाएको छ, यहाँसम्म आइपुग्नुमा दर्शकको अथाह माया छ तर आफ्नो करियरका सुरुवाती दिनमा आफुले भोगेको वर्ण विभेद कहाली लाग्दो थियो’। 

फिल्म क्षेत्रमा आफ्नो जीवन व्यतित गरेको भन्दै मिथुनलाई ‘दादा साहेब फाल्के’ बाट सम्मान गरिएको हो । दादा साहेब फाल्के अवार्ड भारतीय फिल्म क्षेत्रको सर्वोत्कृष्ट सम्मान हो।  

फिल्म क्षेत्रमा उल्लेख्य योगदान गरेका कलाकारलाई भारत सरकारले वर्षेनी सम्मान गर्दै आएको छ। 

सन् १९६९बाट प्रदान गर्न सुरु गरिएको अवार्डबाट रजनीकान्त,अमिताभ बच्चन, विनोद खन्ना रेखाजस्ता दिग्गज कलाकार सम्मानित भइसकेका छन् । 

यो अवार्ड पाउने मिथुन ७४ औं व्यक्ति हुन् ।

 

प्रकाशित: २३ आश्विन २०८१ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App