२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कवि सुशिला शर्मा ‘शिलु’को ‘म अझै जीवित रहेछु’ सार्वजनिक

कवि सुशिला शर्मा ‘शिलु’ को पहिलो कवितांग्रह ‘म अझै जीवित रहेछु’ सार्वजनिक भएको छ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, समीक्षक ज्ञानु अधिकारी, कृतिकार र उनका परिवारका सदस्य लगायतले उक्त कृति सार्वजनिक गरे।

समीक्षक ज्ञानु अधिकारीले उक्त कृति आशावादी दृष्टिचेतले भरिएका कविताहरूले भरिएको बताइन्। कृतिका कतिपय सृजनाले अग्रजप्रति सम्मानभाव प्रकट गरेको पनि उनले बताइन्। नारी अनुभूतिमा ह्रदयले लेखिएका कविताहरू पठनीय रहेको अधिकारीको धारणा थियो।

कार्यक्रम सुशिला शर्माले आफ्नो रचनागर्भ र अनुभूतिहरू सुनाइन्। उनले सबैतिरको सकारात्मक सहयोगले आफूलाई सृजनामा लाग्न अनुकुल वातावरण मिलेको भएको बताइन्।

केशव पराजुली, प्रियहरि भण्डारी र गोपालविक्रम थापा, रिता पौडेल लगायतले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा कवि शिलुकी छोरी विशु भण्डारीले मन्तव्यसहित कवितासुनाइन्।

साहित्यकार मधु पाठकले सञ्चालन गरेकाे  उक्त कार्यक्रममा कविद्वय छविरमण सिलवाल र प्रदीप सापकोटाले कृतिका कविता वाचन गरेका थिए।

नेपाल स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा सभाध्यक्षको मन्तब्य व्यक्त गर्दै अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली साहित्यले थप एक कविता कृति पाएको बताउँदै सिर्जनाको यात्रा उक्लिने हुनुपर्दछ ओर्लने होइन भन्ने कुरामा जोड दिए।

प्रकाशित: २० आश्विन २०८१ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App