२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
कला

विष्णु माझीको ‘आइनँ आमा तीजमा’ बोलको गीत ट्रेन्डिङमा

तीज नजिकिएसँगै चर्चाको शिखरमा पुग्ने गायिका हुन्, विष्णु माझी। अधिकांश नेपालीलाई तीजका बेला विष्णुले कस्तो गीत ल्याउलिन् भन्ने निकै चासो  हुन्छ। पछिल्लो समय उनले भूमिगत शैलीमा आफ्ना गीत सार्वजनिक गर्दै आएकी छन्। यस वर्ष पनि उनले तीज गीत सार्वजनिक गरेकी छन्।

विष्णुको स्वरमा शनिबार बिहान ‘आइनँ आमा यो तीजमा’ बोलको गीत सार्वजनिक भएको हो। सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलमा सार्वजनिक गीतले २४ घण्टामै १४ लाख ६० हजार भ्युज बटुलिसकेको छ। 

गीतमा १ लाख १७ हजारले लाइक गरेका छन् भने १३ हजार बढीले प्रतिक्रिया जनाइसकेका छन्। नेपाली गीतको ईतिहासमा कहिले २४ घण्टामा यति धेरै प्रतिक्रिया पाएको थिएन्।

जुन सबै प्रतिक्रिया सकारात्मक छन्। विष्णुको स्वरको गीत सुन्न नपाएसम्म तीज आएको जस्तो नै नलाग्ने दर्सकको भनाइ छ।

गीत माझीका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा तयार भएको हो। आशिष अविरलको संयोजनमा रागामा रेकर्डस्‌मा रेकर्ड गरिएको गीतको भिडियो सुन्दरमणिकै निर्देशनमा तयार पारिएको छ।

प्रकाशित: ९ भाद्र २०८१ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App