१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

अभिनयबाट रिटायरमेन्ट लिँदै आमिर खान

बलिवुडका ‘मिस्टर परफेक्सनिस्ट’ को उपमा पाएका आमिर खानले अभिनयबाट रिटायरमेन्ट लिने सङ्केत गरेका छन्।

शनिवार आमिर खानद्वारा प्रोड्युस गरिएको चलचित्र ‘लापता लेडिज’ को विशेष स्क्रिनिङ्गको क्रममा उनले आफूले अब अभिनयबाट रिटारमेन्ट लिन सक्ने सङ्केत गरेका हुन्।

उनले लापता लेडिज मैले किन प्रोड्यु गरे रु भन्ने कुरा मलाई कोरोना महामारीकै क्रममा भइसकेको थियो कि मेरो अबको करियर भनेको अभियनभन्दा पनि प्रोडक्शन तर्फ छ। र, यो नै मेरो करियरको अन्त्य हुनेछ।

उनले भने, ‘म त्यतिबेला ५६ वर्षको थिए। तर, अब मेरो उमेर पनि बढिसकेको छ। र, अब बढीमा १५ वर्ष अझै छ होला मसँग, जहाँ म मेरो काम देखाउन सक्छु। यो देशले समाजले र इन्डस्ट्रीले मलाई धेरै कुरा दिएको छ। र, मैले सोचेको छु की अब वर्षमा एउटा चलचित्र बनाउँछु त्यो पनि प्रोड्युसरको रुपमा। म ती कथाहरू देखाउन सक्छु जसमा मलाई लाग्छ की यो दमदार छ।’

‘प्रोडक्शनको सहयोगले म नयाँ लेखक, निर्देशक र ती प्रत्येक व्यक्तिलाई अवसर दिन सक्छु जो यी सारा प्रक्रियाका भाग हुनेछन्,’ उनले थपे, ‘निर्देशकको रुपमा लापता लेडिज मेरो पहिलो कदम थियो। म यसप्रकारका प्रतिभालाई अगाडी बढाउन चाहन्छु। र आउने वर्षमा ४५ चलचित्र प्रोड्युस गरम।’ 

प्रकाशित: २७ श्रावण २०८१ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App