३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

सुरभिले गर्‍याे स्रष्टाहरूलाई सम्मान

सुरभि साहित्य प्रतिष्ठानको १६३ औं आख्यान वाचन तथा २०८० सालको पुरस्कार अपर्ण गरेकाे छ। गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथि दीपककुमार रिसालले विविध चार विधामा पुरस्कृत हुने चार स्रष्टालाई दोसल्ला ओढाई नगद तथा प्रमाणपत्र प्रदान गरी सम्मान अर्पण गरिएको थियो।

पुरस्कृत व्यक्तिवहरूमा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सुरभि-अच्युतराम लघुकथा पुरस्कार, साहित्यकार हिरण्यकुमारी पाठकले सुरभि-प्रह्लाद नारी आख्यान पुरस्कार, साहित्यकार विद्याप्रसाद घिमिरेले सुलेख आख्यान प्रतिभा पुरस्कार एवं साहित्यकार रामचन्द्र दाहालले सुरभि-वेदमणि आख्यान प्रतिभा पुरस्कार प्रदान गरिएकाे थियाे।

कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूको तर्फबाट श्रीओम श्रेष्ठ रोदनले मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दीपकुमार रिसालले सुरभि साहित्य प्रतिष्ठान यस क्षेत्रको सक्रिय साहित्यिक संस्था भएकाले हामी सबैले सकेको सहयोग गर्नुपर्ने हुनाले गोकर्णेश्वर नगरपालिकाले सकेको सहयोग गरिरहेको बताए।

त्यस्तै विशिष्ट अतिथि वडा नं.८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठले सुरभि साहित्य प्रतिष्ठानलाई कार्यालय र आख्यान गोष्ठी सञ्चालन गर्न भवन उपलब्ध गराउन नगरपालिका र वडा कार्यालय लागिपरेको छ, यसमा सबैले पहल गर्नुपर्ने कुरा बताए।

प्रायजसो वक्ताहरूले सुरभि साहित्य प्रतिष्ठानले गठन गरेको पुरस्कार छनौट समितिद्वारा गरेको काम सराहनीय भएको बताउदै पुरस्कारका लागि छनौट गरिएका प्रतिभाहरू योग्य भएको बताए।

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा विशिष्ट अतिथिमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा एवं स्थानीय वडा नं का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, अतिथि साहित्यकार श्रीहरि फुयाँल एवं प्रतिष्ठानका संरक्षकत्रय विजय चालिसे, युवराज मैनाली, वेदमणि घिमिरे एवं सल्लाहकारद्वय साहित्यकार कणाद महर्षि र गङ्गा पौडेल कर्माचार्यको उपस्थिति रहेकाे थियो।

अतिथिहरूमध्ये रामप्रसाद पन्त, नरेन्द्रराज पौडेल, श्रीहरि फुयाल, गङ्गा पौडेल कर्माचार्य, युवराज मैनालीले मन्तव्य राखेका थिए। साधारणसभाका वक्ता विशिष्ट अतिथि वेदमणि घिमिरे, विजय चालिसे र गोकर्णेश्वर नगरपालिका-८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ रहेका थिए।

प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गरेकाे साे कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराजुलीले पुरस्कृत व्यक्तिहरूको योगदानको चर्चा गरेका थिए। प्रतिष्ठानका सहसचिव मेनका पोखरेलले उपस्थित महानुभावहरूलाई स्वागत गरेकी थिइन्।

कार्यक्रममा कृष्ण सुवेदी निराकार, इन्द्रकुमार श्रेष्ठ सरित, रामचन्द्र दाहाल, विद्याप्रसाद घिमिरे, श्रीओम श्रेष्ठ रोदन र हिरण्यकुमारी पाठकले कथा वाचन गरेका थिए।

यसै दिन १६ औं साधारणसभा भएको थियो। उक्त सभामा सात सदस्यीय नयाँ कार्य समितिको चयन भएको थियो। जसमा अध्यक्ष बाजुराम पौडेल, उपाध्यक्ष परशुराम पराशर, सचिव अच्युत घिमिरे, कोषाध्यक्ष प्रमोद प्याकुरेल, सहसचिव मेनका पोखरेल आचार्य, सदस्य वसन्त रिजाल र सदस्य नगेन्द्रप्रसाद भट्टराई रहेका छन्।  

प्रकाशित: २१ श्रावण २०८१ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App