२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

नेपाली भाषा प्रयोगकर्ताहरूको सङ्कल्प प्रस्ताव पारित

यलमाया केन्द्र पाटनमा नेपाली भाषा प्रयोगकर्ताहरूको भेला छलफल गरी सङ्कल्प प्रस्ताव पारित गरेको छ।

पत्रकार राजेन्द्र दाहालले सहजीकरण गर्दै  विशिष्ट केही भाषा साधकलाई अग्रस्थानमा बसालेपछि यस अभियानका प्रमुख अभियन्ता शरदचन्द्र वस्तीले २०६८ देखि हालसम्म भएका घटनाहरू बुँदाका रूपमा प्रस्तुत गरेका थिए।

२०६९ साउन २२ मा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले विद्यालय तहको पाठ्यपुस्तकमा परिवर्तन गर्ने निर्णय गरेका थिए।

पत्रकारद्वय टपेन्द्रबहादुर कार्की र स्वागत नेपालले दायर गरेको रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले भाषा नबिगार्नु पुरानै अनुसार गर्नू भन्ने फैसला हालसालै गरेको हो।

आजको भेलामा वरिष्ठ पत्रकार रोचक घिमिरेले राखेको संङ्कल्प प्रस्ताव पनि पारित गरेको छ।

भेलामा चूडामणि गौतम, खगेन्द्र संग्रौला, अधिवक्ता प्रकाश वस्ती, लोचन भट्टराई, रमेश खकुरेल, रोचक घिमिरे र मुकुन्दशरण उपाध्यायले वर्तमान स्थिति र भाषामा आएको विचलनबारे बोलेका थिए।

अनौपचारिक कार्यक्रमको पुछारमा चूडामणि गौतमले केही साहित्यकार र पत्रकारहरूलाई ‘बृहत्तर नेपाली शब्दकोश’ प्रदान गरेका थिए।

उपस्थित सबैलाई गौतमकाे ’भाषिक आन्दोलनको अन्तिम पुस्तिका वर्णविन्यासका दुस्मन’, शुद्ध नेपाली लेख्ने यसरी’ र अक्षरको उच्चारण गर्ने यसरी’ वितरण गरिएको थियो।

नेपाली भाषा मानकीकरण अभियानअन्तर्गत नेपाली भाषाप्रयोगकर्ता समूहले नेकशुले २०६९ मा हस्ताक्षर गरेको १२ वर्ष पुगेछ। यो १२ वर्षमा शब्दको खुट्टा काट्ने, रूप बदल्ने, जोड्ने र छुट्याउने काम भए। सम्मानित अदालतले त्यसो नगर्न र पुरानो भाषा नै प्रचलन गर्न फैसला गरेको छ।

भाषाको लागि लड्ने स्वागत नेपाल र टपेन्द्रबहादुर कार्की धन्यवाद दिइएको थियो। यो अभियानलाई उतिबेला हुटहुटी लगाउने र यलमाया केन्द्र हल उपलब्ध गराउने श्रद्धाञ्जलीसहित कमल दीक्षितलाई विशेष धन्यवाद दिइएको थियो। साे भेलाका लागि उनका छोरा कनकमणि दीक्षितलाई धन्यवाद दिइएको थियो।

प्रकाशित: १० श्रावण २०८१ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App