१० असार २०८१ सोमबार
image/svg+xml
कला

सेवा-झोर्ले सार्वजनिक (भिडिओसहित)

सेवा-झोर्ले गीत-भिडिओ सार्वजनिक भएको छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने सङ्गीत-सङ्कलन विजय मगरले नै गरेका हुन् ।

पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेञ्जर मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो ।

गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुमीन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् ।

भिडिओ निर्देशनको काम विजय मगरले नै गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ । यस्तै इडिटरकलरिङको काम अर्जुन खड्काले गरेका छन् । पोस्ड प्रोडक्सन दामी क्रिएसनले गरेको हो ।

गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले बताएको छ । त्यसो त गीतले राई र मगर समुदायलाई जोड्न खोजेको देखिन्छ । राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाकामार्फत राई समुदायको 'ग्रिटिङ्ग्स वर्ड' सेवा र मगर समुदायको झोर्लेलाई एकैठाउँ अटाइएको छ ।

प्रकाशित: २ असार २०८१ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App