१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

कति छ बलिवुड क्वीनको सम्पत्ति?

बलिवुडकी क्वीन कङ्गना रनौटले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन्। मङ्गलवार लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनु अघि उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी हुन्।

हिमाचल प्रदेशको मन्डीबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उनलाई भारतीय जनता पार्टीले टिकट दिएको हो।

कङ्गना झन्डै ९० करोडभन्दा बढीकी माल्किन छिन्। कङ्गनाको सम्पत्ति विवरण अनुसार उनीसँग सुन, चाँदी, हिरा, गाडी लगायतका रहेका छन्। उनले विभिन्न क्षेत्रमा लगानी पनि गरेकी छिन्।

रिपोर्टका अनुसार कङ्गनासँग ६७ किलो सुन रहेको छ। जसको मूल्य करिब ५ करोड भारतीय रुपैयाँ बताइएको छ। त्यस्तै उनीसँग ६० किलो चाँदी पनि रहेको छ। जसको मूल्य ५ लाख भारतीय रुपैयाँ आँकलन गरिएको छ। साथै उनीसँग हिराका पनि गहना छन्। जसको मूल्य करिब ५ करोड पर्न जान्छ।

कङ्गनासँग बीएमडब्लु ७ सिरिज र मर्सिडिज बेन्ज जीएलई एसयूभी कार पनि रहेको छ। जसको मूल्य १ करोड ५६ लाख बताइन्छ।

कङ्गनाको नाममा ५० भारतीय जीवन बीमा पोलिसी पनि रहेको छ। मनिकर्णिका फिल्सम प्राइभेट लिमिटेडको ९९९९ शेयर पनि उनीसँग छ। जसको कुल क्यापिटल इन्भेस्टमेन्ट १ करोड २० लाख बताइएको छ। यी सबै गरेर कङ्गनाको नेटवर्थ ९० करोडभन्दा बढी रहेको छ।

प्रकाशित: २ जेष्ठ २०८१ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App