२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

रवीन्द्र समीरकाे आयो ‘पैसाको उडान’

साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशित भएको छ। लघुकथामा अब्बल मानिने रवीन्द्र समीरले प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन्। मृत्युको आयु, कोरोनातन्त्र जस्तै पैसाको उडान पनि लघुकथा शैलीमा लेखिएको उपन्यास हो।

अकल्पनीय रूपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँसु जस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित यो उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ। सँगै राजनीति गरेको सुदामाको आदर्श जीवनलाई उपन्यासका हरेक कथामा सँगसँगै बुनिएको छ।

पैसाको उडान उपन्यासमा पैसाको महत्त्व मात्र हैन सीमितताबारे मार्मिक ढंगबाट लेखिएको छ। विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको विकासले मानव सभ्यतामाथि के कस्तो प्रभाव पार्न सक्छ भन्ने आकलन पनि गरिएको छ।

पैसाका लागि काकाकुल बनेको यो वैश्य युगमा पैसाका आवश्यकता मात्र नभएर मृगतृष्णा भएको  तथ्य सूक्ष्म ढंगबाट उजागर गरिएको छ। मुख्य पात्र कुवेर र सुदामाको वरिपरि लेखिएको यो उपन्यासमा मुख्यतया ५६ च्याप्टर छन्। अत्यधिक पैसाले जीवनमा के कस्ता दुष्प्रभाव गर्दछ भन्ने कोणबाट यो उपन्यास पृथक रहेको छ।

शिखा बुक्सले प्रकाशन गरेको पैसाको उडानको मूल्य ३२५ रूपैयाँ रहेको छ।

समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मल्हमपट्टी, एकलव्य दृष्टि, मृत्युको आयु, कोरोनातन्त्र लगायतका १४ कृति प्रकाशित छन्।

समीरले युवा वर्ष मोती पुरस्कार, उत्तम शान्ति पुरस्कार, पद्मश्री पुरस्कार, अनेसास पुरस्कार, नेपाल विद्याभुषण पदक लगायत तीन दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्।

प्रकाशित: १४ वैशाख २०८१ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App