१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

विलोमले गर्‍याे छप्पन भोगमाथि समीक्षा

लघुकथामा पृथक् अभ्यास गरिरहेको विलोमले स्रष्टा कुमुदप्रसाद शर्मा प्याकुरेलको  छप्पन भोग लघुकथासंग्रहमाथि स्रष्टा, सिर्जना र समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ।

डा. शैलेन्दुप्रकाश नेपाल, वासुदेव ठकुरी, विनोद नेपाल र दीपक लोहनीले छप्पन भोग लघुकथासंग्रहका पाठकीय टिप्पणीहरू प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा वासुदेव गुरागाईंले निजामति कर्मचारीहरूको विविध अनुभूतिलाई प्रसंगअनुरूप राख्दै लघुकथासंग्रह छप्पन भोगका अधिकांश लघुकथाको मिहीन तरीकाले समीक्षा गरेका थिए।

उक्त कार्यक्रममा सरोजप्रसाद शर्मा प्याकुरेल र शान्ता पराजुली शर्माले कुमुदप्रसाद शर्मा प्याकुरेलका आगामी सिर्जनाहरू अझ सशक्त बनोस् भनी शुभकामना दिएका थिए। लेखक पत्नी रेणु भण्डारी शर्माले आफ्नो श्रीमानले सेवानिवृत्त जीवनलाई साहित्य सेवामा समर्पित गरेको पाउँदा परिवारलाई खुसी मिलेको बतानाइन्।

निरन्तर लघुकथाको अभ्यासमा रहेको विलोमको यस्तो कार्यक्रमले स्रष्टा र सिर्जनामा सकारात्मक परिवर्तन ल्याउने कुरामा लघुकथाकार कुमुदप्रसाद शर्मा प्याकुरेलले जोड दिएका थिए।

लघुकथाकार कुमुदप्रसाद शर्मा प्याकुरेलको छपन्न भोगमा ५६ लघुकथा संग्रहित छन्। संग्रहित लघुकथाहरू सामाजिक यथार्थवादी,  नारीमैत्री र संरचनागत दृष्टिकोणले सबल छन्।

कार्यक्रममा आएका टीकाटिप्पणीहरूलाई एकीकृत गरी विलोम समीक्षाको नाममा दायित्व साहित्यिक पत्रिकाले प्रकाशन गर्ने सहमति भएको अभियानकर्ताले बताएका छन्।

प्रकाशित: ६ वैशाख २०८१ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App