नयाँ वर्ष २०८१ भित्रिंदै गरेको अवसर पारेर हाम्रो लघुकथा केन्द्र, नेपालले चैत्र २४ संस्थाको आजीवन सदस्यहरूको सद्भावपूर्ण भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
सदस्यहरूका बीचमा आपसी एकता र साैहार्द सम्बन्ध स्थापित गर्ने उद्देश्यले सो भेटघाट कार्यक्रम जुम प्रविधिमार्फत् गरिएको हो।
आजीवन सदस्य प्राडा कपिल लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्ज्वलन र लघुकथा गान बजाएर गरिएको थियो। कार्यक्रममा संस्थाका संरक्षक राजु क्षेत्री अपुरो, डा. शेखरकुमार श्रेष्ठ, सुरेशकुमार पाण्डे, शान्ता शाक्य, विवेक शर्मा गौतम, प्रतिज्ञा प्रतिज्ञा, त्रिलोचन ढकाल, मदन पोखरेल, दामोदर अधिकारी, उमेश कार्की, किरण आचार्य, मिसु श्रेष्ठ, रुद्र ज्ञवाली, सीता रेग्मी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा केन्द्रका सदस्य वन्दना घिमिरेले उपस्थित सबैलाई स्वागत गरेकी थिइन्। केन्द्रको फेसबुक पेजका व्यवस्थापक छविलाल खड्काले केन्द्रमा आबद्ध सम्पूर्ण सदस्यलाई शुभकामना दिएका थिए।
त्यस्तै संस्थाका कोषाध्यक्ष सत्या अधिकारीले संस्थाको आर्थिक पाटोमाथि प्रकाश पारेकी थिइन्। केन्द्रका अध्यक्ष लता केसीले व्यक्तिभन्दा माथि संस्थालाई राखेर आपसी एकता र सकारात्मक सोचले केन्द्रको बिस्तारमा लाग्न सबै सदस्यलाई अनुरोध गरेकी थिइन्।
संस्थाका सहसचिव पौडेल विमुन्सले सञ्चालन गरेकाे साे कार्यक्रममा अनु विज्ञाति, डा. कुसुमाकर शर्मा गौतम, मनीषकुमार शर्मा समित, ध्रुवराज थापा, इन्दिरा देवकोटा, इन्दिरा चापागाईं, मन्दिरा चापागाई, रमेश सुवेदी, प्रार्थना खनाल, रमेन्द्र कोइराला, अन्जु शर्मा, लक्ष्मण ज्ञवाली, रोशन पराजुली लगायतका सदस्यले संस्था, विधा र आजीवन सदस्यको विषयमा केन्द्रित रहेर तिनमा देखिएका समस्या समाधान, सुझाव र अनुभवबारे आआफ्ना धारणा राखेका थिए।
केन्द्रका आजीवन सदस्य खेमराज पोखरेलले लघुकथामा सामाजिक सञ्जालको प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएको कार्यपत्रमा सदस्यद्वय असफल गौतम र रुद्र अधिकारीले टिप्पणी गरेका थिए।
कार्यक्रमका अध्यक्ष प्राडा कपिल लामिछानेले कार्यक्रमको समीक्षात्मक टिप्पणी गर्दै कार्यक्रमको समापन गरेका थिए।
प्रकाशित: २५ चैत्र २०८० १०:४६ आइतबार





-600x400.jpg)