१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘बलिदान’ को अभिनेता विराज भट्टका छोरा समीर

निर्माणाधीन नेपाली चलचित्र  ‘बलिदान’ को अभिनेताको रूपमा समीर भट्ट देखिने भएका छन्। भट्टको यो डेब्यु फिल्म हो।

यस मेगा प्रोजेक्टको निर्माण कम्पनी आसुसेन फिल्मस् ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको हो।

समीर नेपाली चलचित्रमा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन्। समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपरमा बन्ने यो फिल्मको निर्माता र निर्देशक सन्तोष सेन हुन्।

यसअघि यो फिल्मको खलपात्रमा सौगात मल्ल र अर्पण थापा अनुबन्धित भइसकेका छन्।

प्रकाशित: ९ चैत्र २०८० १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App