१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

चैत १६ देखि पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव

नेपाल संस्कृति तथा चलचित्र केन्द्रले तीनदिने पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। चैत १६ देखि १८ सम्म सञ्चालन हुने महोत्सव चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने छ।

महोत्सव मानव अधिकार, सामाजिक न्याय र दिगो विकास विषयलाई केन्द्रमा राखेर गर्न लागिएको छ। महोत्सवमा उत्कृष्ट चलचित्र, डकुमेन्ट्रीलगायत धेरै विधा समेटिएको र ती सबैलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ।

पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकका रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ति प्रिय, जय निशान्त र सुवास प्रधान रहेका छन्।

त्यस्तै अन्तर्राष्ट्रिय निर्णायकमा पोल्यान्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुस्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन्।

महोत्सवमा फिल्म प्रदर्शनसँगै प्यानल डिस्कसन र मास्टर क्लास पनि राखिएको छ। चलचित्र विकास बोर्डमा चैत १७ मा सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्रसम्बन्धी कार्यशाला दिने छिन् भने मार्च ३१ मा भारतका मुस्ताक अली अहमद खानले मास्टर क्लास दिने छन्।

महोत्सव आयोजकले तालिकासमेत सार्वजनिक गरिसकेको छ। महोत्सवमा नेपाली चलचित्र चिसो मान्छे, महापुरुष, छक्का पञ्जा ४ लगायत विभिन्न विधाका चलचित्रका साथै विदेशी तीन दर्जनजति चलचित्र समावेश भएका छन्।

कुनै पनि चलचित्र हेर्न पैसा नलाग्ने र कार्यक्रममा प्रवेश निःशुल्क रहेको जनाइएको छ। आयोजकले सर्वसाधारण, विद्यार्थी र अन्य सबैलाई सहभागिताका लागि हार्दिक आग्रह गरेको छ।

महोत्सवमा ३७ देशका चार दर्जन बढी विभिन्न विधाका चलचित्र प्रदर्शन गरिने छ। चलचित्र महोत्सवको अन्तिम दिन निर्णायकहरुको मूल्यांकनका आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ विदेशी उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिने छ।

प्रकाशित: ७ चैत्र २०८० ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App