२३ पुस २०८१ मंगलबार
image/svg+xml
कला

नेपाल प्रज्ञाप्रतिष्ठानले गर्‍याे १० पुरस्कारको घोषणा

 नेपाल प्रज्ञाप्रतिष्ठानले १० पुरस्कारको घोषणा गरेको छ। बर्सेनि प्रदान गर्दै आएको पुरस्कारमा सामान्य संशोधन र केही पुरस्कार थप्दै नेपाल प्रज्ञाप्रतिठानले दश पुरस्कारको घोषणा गरेको हो।

पुरस्कृत हुनेहरूमा खगेन्द्र संग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपाल प्रज्ञाप्रतिष्ठानले जनाएको छ।

यस्तै शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा  समालोचना तथा साहित्येतिहास पुरस्कार, प्राडा देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार, वम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य), राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य), गंगा कर्माचार्यलाई प्रज्ञा बालसाहित्य पुरस्कार र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताए।

यसअघि अन्तर्राष्ट्रिय मातृभाषा दिवस- २०२४ को अवसरमा मातृभाषा साहित्य पुरस्कार पहाडी/हिमाली क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्गलाई र मधेश क्षेत्रबाट बेचन उराँवलाई  प्रदान गरिएको थियो।

नेपाल प्रज्ञाप्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारहरूको राशि जनही एक लाख रुपैयाँ रहेको छ।

प्रकाशित: ४ चैत्र २०८० ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App