१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

नागरिककर्मी गौतम सम्मानित

धनेश्वरी–तारानाथ स्मृति कोषबाट म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन्। बेनी नगरपालिका-५, पुलाचौरस्थित जनकल्याण माविमा आयोजित एक समारोहमा गौतमलाई सम्मान गरिएको हो।

सम्मानमा उनलाई १० हजार रुपैयाँ, दोसल्ला, सम्मानपत्र रहेको छ। २०६४ सालदेखि पत्रकारितामा क्रियाशील गौतम म्याग्दीबाट नागरिक राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यममा संवाददाताका रुपमा काम गर्दै आएका छन्।

सोही अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठलाई दश-दश हजार, दोसल्ला, सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो। कोषले जनकल्याण माविबाट २०७९ को एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने गुञ्जना श्रेष्ठलाई २० हजारसहित पुरस्कृत गरेको छ।

खसआर्यतर्फ प्रशंसा पौडेल, जनजातितर्फबाट आकृति श्रेष्ठ, दलिततर्फ अभिषेक दर्जी र बेनी नगरपालिका-९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत विद्यालयका उत्तम सुवेदीलाई पन्ध्र/पन्ध्र हजार प्रदान गरिएको थियो।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन र रामप्रसाद रेग्मीलगायत परिवारका सदस्यले १८ लाख रुपैयाँको कोष स्थापना गरेका थिए।

विद्यालयका पूर्व विद्यार्थी एवं अमेरिकामा बस्ने विजय रेग्मीले जनकल्याण माविको अक्षयकोषका लागि ५१ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेका थिए। कार्यक्रममा अजयमिलन श्रेष्ठको स्वर्गीय पंण्डित तारानाथ रेग्मीको जीवनकाव्य विमोचन गरिएको थियो।

प्रकाशित: १९ फाल्गुन २०८० ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App