१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश गरिन् नेपालकी प्रियंकारानी

भारतमा आयोजना भैरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको उत्कृष्ट २५ मा नेपालकी प्रियंकारानी जोशी पनि प्रवेश गरेकी छिन्।

मिस वर्ल्डमा भाग लिएका कूल ११७ प्रतिस्पर्धीबाट उत्कृष्ट २५ जना छनोट भएका हुन्। त्यसमा नेपालकी प्रियंकारानी जोशी पनि परेकी छिन्।

ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसंघीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोलाई लिएर अन्तिम २५ का प्रतिस्पर्धी छनोट गरिएको हो।

छनोट भएका उत्कृष्ट २५ जनाले अब ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा गर्नेछन्। यसमा छनोट हुन सके सीधै अन्तिम १५ वा २० मा प्रवेश गर्न सकिनेछ।

भारतमा आयोजना भएको ७१ औं मिस वर्ल्डको फिनाले मार्च ९ मा मुम्बईमा आयोजना हुनेछ।

प्रकाशित: ११ फाल्गुन २०८० १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App