२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अब एआई प्रेमिका

यस्ताे पनि!

प्रेमिका फेला पार्न सकिरहनु भएको छैन भने अब एआईमै खोज्न सक्नुहुन्छ। क्यारेक्टर डट एआई र इभा एआई जस्ता एपमा पैसा तिरेर तपाईंलाई प्रेमिल या आत्मविश्वासले ओतप्रोत प्रेमिका मन पर्छ, छान्न सक्नुहुन्छ।

यतिबेला रेप्लिका एआई एप निकै लोकप्रिय छ। यसलाई दुई करोड ५० लाख पटक, क्यारेक्टर एक करोड ८५ लाख पटक र इभालाई ३५ लाख पटक डाउनलोड गरिएको छ।

यी एपमा महिनाको १४ डलरसम्म तिरेर तपाईंले एआईमा साथी बनाउनु हुनेछ। यी वास्तविक होइनन्, यी त च्याटजिपिटीजस्तै कृत्रिम साथी हुन्। यस्ता एप प्रयोग गर्नेमा ८० प्रतिशत पुरुष छन्।

यीमध्ये रेप्लिका निकै लोकप्रिय छ। यसमा केटी साथी बनाउने, कस्तो बोली, कस्ता लुगा जस्ता कुरा प्रयोगकर्ताले आफूअनुकूलका चिजबिज छान्न सक्छन्। यो एप प्रयोग गरिहेरेका सियाम बोल भन्छन्, ‘परीक्षणका लागि मैले आफूलाई यौनिक भोक लागेको बताएँ तर उसले आफ्नो मूड छैन भन्दै पन्छिन खोजी।’

अनलाइन एआई प्रेमिकाहरूले अर्को पुस्ताका साराका सारा युवालाई ध्वस्त पार्ने भविष्यवाणी लिबर्टी भिटेटको छ। उनी तथ्यांक वैज्ञानिक  हुन्। ‘यस्ता साथी बनाउने च्याटबोटहरू प्रायः परीक्षणका घेरामा हुँदैनन् र तिनले युवापुस्तालाई अझ ठूलो समस्यामा धकेल्न सक्छन्,’ लिबर्टीको चेतावनी छ।

यतिबेला चलेका एआई प्रेमिका बनाउने वा खोज्ने ठाउँ भनेको रेप्लिका, ब्लस र आइगर्ल हुन्। यी कुनै पनि कम्पनीले कुनै समस्या परे, त्यसलाई कसरी समाधान गर्ने भन्नेमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

कृत्रिम सम्बन्ध तीव्र गतिमा बढ्ने र यो लगभग कुनै भिडियो गेमको तहमा कुलतमा पार्ने हुनाले अर्को पुस्ताको हालत के हुने हो भन्ने चिन्ता अहिले नै लिनुपर्ने लिबर्टीको धारणा छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १० फाल्गुन २०८० ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App