५ वैशाख २०८१ बुधबार
कला

कारको रवाफ

लघुकथा

“ए, पख् -पख्।”

चर्को आवज सुनेर ऊ झस्कियो। उसको ध्यान आवज गएतर्फ गयो। “पख् भन्या सुन्दैनस्।”

कारको अर्को झ्यालतर्फबाट अर्को करायो। ऊ डरायो। कारबाट झरेर एकजनाले भन्यो “कार आएपछि बाटो छोड्नु पर्दैन?”

“यस्तो साँघुरो गल्लीमा कसरी बाटो छोड्ने दाइ बरु पर अलि चाक्लो ठाउँमा गाडी रोकेको भए हुने थियो।”

उसले भन्यो र साइकल उचालेर पेटीमा उकाल्यो। “अझ बढी कुरा गर्छस्?”

कारबाट झरेकाले बोल्यो। “म कामबाट घर फर्कदै छु दाइ, हतार छ।”

उसले साइकल समातेर भन्न लाग्यो।

“ए, हात हुँदा हुँदै के मुख चलाइरहेको दे न दनक।”

कारभित्रकाले साथीलाई करायो।

“गर्लफेण्डलाई क्लबमा कुराइराछु यो नाथे थोत्रो साइकलले बाटोमा अल्झाउने।” भन्दै दुई घुस्सा दिएर सडकमा पछार्यो र कारमा गएर बस्यो।

आज एउटा थोत्रो साइकल र नयाँ कार प्रहरी चौकी बाहिर छ्न्। भित्र “हेर बाबु म तिम्रो पाउ पर्दछु। मेरा छोराको भविष्य नबिगारिदेऊ” भन्दै शहरका मान्य व्यक्ति टाउकोमा मलमपट्टी लगाएको थोत्रो साइकल धनीको खुट्टा छुदै छ्न्।

प्रकाशित: ६ फाल्गुन २०८० ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App