१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

फिल्म ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिंदै रकुल प्रीत सिंह

नितेश तिवारीको फिल्म ‘रामायण’ यतिबेला चर्चामा छ।

भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार रकुल प्रीत अब यो फिल्ममा प्रवेश गर्न सक्नेछिन्। रकुल ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिनेछिन्।

यद्यपि अहिलेसम्म आधिकारिक घोषणा भने भएको छैन। तर शूर्पणखाको भूमिकाका लागि रकुल प्रित सिंहसँग वार्ता भइरहेको खबर छ।

नितेश तिवारीको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर भगवान श्रीरामको भूमिकामा देखिनेछन्। अभिनेत्री साई पल्लवीले माता सीताको भूमिका निर्वाह गर्नेछिन्।

अन्य क्यारेक्टरका लागि पनि धेरै ठूला नामहरू फाइनल भएका छन्, जसमा रावणका लागि ‘केजीएफ’ स्टार यशको नाम र हनुमानका लागि सनी देओलको नाम पुष्टि भएको बताइएको छ।

प्रकाशित: २८ माघ २०८० १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App