२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सरुभक्तलाई भीमदर्शन मुक्तक पुरस्कार

नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले मुक्तक दिवसको अवसर पारेर पाँच दशकदेखि मुक्तक साहित्यमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ ले सम्मान गर्ने भएकाे छ।

त्यस्तै २०७९ सालभरिमा प्रकाशित प्रतिष्ठानलाई प्राप्त नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको मुक्तककृतिलाई अर्पण गरिने ३१ हजार रुपैयाँको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ चितवनकी अनुराधा ढकाल मुक्तककृति ’आरब्ध’लाई अर्पण गर्ने निर्णय गरेको छ।

यी दुवै पुरस्कार नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू- कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापना भएका हुन्।

उक्त अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली साहित्यका विशिष्ट स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’ को समेत लोकार्पण गरिने प्रतिष्ठानले जनाएको छ।

यही माघ १८ गते मुक्तक दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिने समारोहमा उक्त पुरस्कारहरू अर्पण र कृति लोकार्पण गरिंदै छ।

प्रकाशित: १६ माघ २०८० ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App