७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

गाउँकाे महिमा मेराे दाेर्पा

कविता

मन्मा तरंग अनेकौं भएका

साप्सु सुसाइ दक्षिण बहेका

भन्छ रतन्छा निर्मली र नेर्पा

बाँझे लफ्याङ सिमाना हो दोर्पा।१।

ढुंगे बुवालुङ लामिडाँडा अग्लो

हाम्रो गहना ठूलोढुंगा सग्लो

चम्पा सुँगुरूवा भटमास राम्रो

टारी छहरे खरबारी हाम्रो। २।

सल्ले र हर्रे मुलडाँडा राम्रो,

दाप्सा सुसायो दोबेला हो हाम्रो

काली खोला र कैंदलेको पानी

हर्रे डुँडिखेत असुरेकी नानी।३।

खानी नजिकै बुढाथोकी गाउँ

सेरा लुभु हो खेतीयोग्य ठाउँ

मियाँ खोलाको नखानु रे पानी

अम्बा केरा हो दुम्लीको खानी।४।

थापा  गाउँ  राम्रो बागलडे ढुंगा

यस्को  कहानी अचम्म छ सुन्दा

हाँस्छ त्यो वालिङ देवीथान हेरेर

नाच्दै उँभौली साकेलाथान घेरेर।५।

सुर्के र बुवासुङ अनि खावाडाँडा

भिरबारी गुफा अति  पुण्यडाँडा

साधु र साधुनी मुलबाटोआए

शिक्षा र दिक्षामा मुक्ति दिलाए।६।

कति मिलेको छ ठाउँ छिताताल

शिक्षा विकासमा पैसा हालाहाल

ज्ञान र मानमा सबैमा फालाफाल

पढे र पढाए भइने मालामाल।७।

हाम्रा ती पुर्खा हुन् उत्रबहादुर

जोतिखर् दयाराम् भएका सुरासुर

पर्शुरामको त्याग लक्ष्मीको साथ

दोर्पाली पुन्ज अडिमर्दनको हात।८।

लेख्दा  छुटे छन् गाउँ र टोल

विर्ता गावैमा बजेको छ ढोल

मैले लेखेको नगर्नु नी गाली

सबै हँसिलो बजाउनु नि ताली।९।

दोर्पा मिलेको छ गाउँ र ठाउँ

देशविदेशमा धेरै छ नाउँ

कवि  र कविता मिल्दैन छन्द

गरें यो यत्न हुँदै भएन बन्द।१०।

प्रकाशित: ७ माघ २०८० ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App