२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

एसियन गेम्समा छनोट हुने आशा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एसिसी महिला टी ट्वान्टी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्समा छनोट हुने आशा व्यक्त गरेकी छन्।

मलेसियामा आगामी जुन १ देखि १३ तारिखसम्म महिला टी ट्वान्टी प्रिमियर कप आयोजना हुँदै छ । जापानमा आयोजना हुने एसियन गेम्सको छनोट चरणसम्म रहेको प्रिमियर कपमा नेपालसहित कुल १८ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । यो शृंखलाअघि नेपाली टोलीले मलेसियासँग दुई खेलको टी ट्वान्टी शृंखला पनि खेल्नेछ । नेपाली टोलीकी कप्तान इन्दुले यसपल्ट राम्रो तयारी भएकाले छनोट हुने आशा व्यक्त गरिन् । उनले यसबीच दुईवटा अभ्यास खेल पनि खेलेको उल्लेख गर्दै त्यसमा कमीकमजोरी सुधार गरिएको बताइन् । अहिले टोली सन्तुलित बनेकाले राम्रो नतिजा लिएर आउनेमा आशावादी रहेको उनी बताउँछिन्।

ओपनिङ र मिडल अर्डर या बलिङमा पाएको भूमिकामा हरेक खेलाडीले आफ्नो जिम्मेवारी निभाउन सके राम्रो नतिजा आउने उनको विश्वास छ । देशमा जसरी तयारी गरेको छ त्यही प्रदर्शन विदेशमा पनि गर्न आवश्यक रहेको कप्तान इन्दु बर्माको भनाइ छ । एसोसिएट राष्ट्र एसियन गेम्ससम्म पुग्न सके भविष्यमा यसले ठूलो मद्दत पुग्ने उनको भनाइ छ । कप्तान इन्दुले हरेक खेलमा ध्यान दिएर बिनादबाब खेल्ने बताइन् । प्रिमियर कपमा नेपाल समूह ‘डी’ मा छ । भुटान समूह ‘डी’ मा परेको छ, जहाँ नेपाल, हङकङ चीन र कतार पनि रहेका छन् । समूह चरणका सबै खेल केटिजे ओभलमा सञ्चालन हुनेछन् । यसै प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको थियो।

क्यानका उपाध्यक्ष रोशन सिंहलगायतले टोलीलाई बिदाइ गरेका थिए । सो अवसरमा उपाध्यक्ष सिंहले लगानी राम्रो भइरहेको अवस्थामा नेपाली महिला टोलीबाट धेरै आशा गरेको बताए । उनले टोलीमा राम्रो एकता गरेर खेल्न आग्रह गरेका छन् । क्यानका उपाध्यक्ष सिंहले खेल नभएको अवस्थामा पनि नेपाली खेलाडीले सदैव आफूलाई तयारी गरिरहन आवश्यक रहेको औंल्याए । उनले नेपाली टोलीमा राम्रा खेलाडी रहेकाले नतिजा राम्रो आउनेमा आफू आशावादी रहेको धारणा राखे । थाइल्यान्डको महिला टोलीलाई राम्रो स्थानसम्म पु¥याएको प्रशिक्षक साथ हुँदा पनि नतिजा आउन नसकेको उनको भनाइ छ।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले रुवान्डामा भएको प्रतियोगितामा फरक वातावरण रहेकाले राम्रो नतिजा आउन नसकेको बताए । तर पनि महिला खेलाडीको प्रदर्शनबाट आपूm खुसी रहेको उनले बताए । प्रिमियर कपमा नेपालले पहिलो खेल हङकङसँग मे २३ तारिखमा र दोस्रो खेल कतारसँग मे २६ तारिखमा प्रतिस्पर्धा गर्नेछ । समूहको अन्तिम खेलमा मे २८ तारिखमा इन्डोनेसियासँग खेल्ने तालिका छ । प्रतियोगितामा डबल लिगमा हुनेछ । समूहमा सबैले दुई खेल खेल्नेछन् । मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) को तŒवावधानमा हुने प्रतियोगितामा एसियाका उदीयमान महिला क्रिकेट राष्ट्रहरूको सहभागिता रहनेछ।

गत महिना रुवान्डामा भएको आइसिसी महिला ट्वान्टी २० च्यालेन्ज ट्रफीमा टिममा नरहेका सीता रानामगर, सोनी पाख्रिन र सिमाना केसीले स्थान बनाउँदा टोलीमा रहेका रचना चौधरी, रोमा थापा र सुमन विष्ट बाहिरिएका छन् । नेपाली टोलीकी पूजा महतो उपकप्तानको भूमिकामा छन् । अन्य खेलाडीमा विन्दु रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता कुँवर, कविता जोशी, सीता राना मगर,  रिया शर्मा, अनु कडायत, मनीषा उपाध्याय , रुबिना क्षेत्री, सोनी पाख्रिन र सिमाना केसी छन् । वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउद छन्। 

प्रकाशित: ४ जेष्ठ २०८३ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App