२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

रहेनन् साहित्यसेवी तिलकप्रसाद लुइँटेल

संस्कृत भाषाका अन्वेषक, अनुवादक तथा साहित्यकार तिलकप्रसाद लुइँटेलको ६१ वर्षको उमेरमा निधन भएको छ।

उच्च रक्तचाप र मृगौला रोगले पीडित लुइँटेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो।

तेह्रथुममा जन्मिएका लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुर नीति, चाणक्यको सिद्धान्त, गरुड पुराण, श्रीमद्भागवत महापुराण, शुक्रनीति लगायत दर्जनौं कृतिको नेपाली भाषामा अनुवाद गरेका छन्।

इमान, लगन र चिन्तनमननका पर्याय बनेका लुइँटेल लीलाध्वज स्रष्टा सम्मान, राष्ट्र झंकार सम्मान लगायत दर्जनाैं सम्मानबाट सम्मानित भएका थिए। उनका श्रीमती र एक छोरा छन्।

श्वासप्रश्वास समस्या देखिएपछि उनलाई शुक्रबारदेखि मनमोहनको आइसियु कक्षमा राखिएको थियो। अवस्था गम्भीर हुँदै गएपछि उनलाई सोमबार भेन्टिलेटरमा राखिएको थियो।

यसअघि झन्डै एक महिनादेखि नेपाल मेडिकल कलेज जोरपाटीमा सघन उपचार कक्षमा रहेका लुइँटेललाई शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो। उनकाे त्यहीं मिगौलाको डायलसिस भइरहेको थियो।

उनकाे उपचारका लागि सामाजिक सञ्जालमा दुर्गा अधिकारी भमरकोटेको अगुवाइमा सञ्जालमा आर्थिक सहयोगको आह्वान गरिएको थियो। केही साहित्यिक संस्था र धेरै स्रष्टाले उनको स्वास्थ्यलाभको कामना गर्दै आर्थिक सहयोग प्रदान गरेका थिए। त्यही सहयोगकाे भरमा उनको उपचार भइरहेको थियो।

लुइँटेल २ वर्षदेखि फित्कौली डटकममा हँस्यौली स्तम्भअन्तर्गत नियमित हास्य सिर्जना लेखिरहेका थिए।

दिवङ्गत लुइँटेलको पशुपति आर्यघाटमा अन्तिम संस्कार भएकाे छ। उनकाे संस्कारमा भाषासाहित्यका संघसंस्थाका प्रतिनिधि, लेखक स्रष्टा र महानुभावहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे। लुइँटेलका सुपुत्र विभव लुइँटेलले दागबत्ती दिएका थिए।

प्रकाशित: ११ पुस २०८० ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App