२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

हिटम्यानको टिजरमा नदेखिएपछि निराश बनिन् आँचल

फिल्म हिटम्यानको पोस्टर र टिजर रिलिज भएको छ। आँचल शर्मा र प्रशान्त अभिनित चलचित्र हिटम्यानको आइतबार पोस्टर र टिजर सार्वजनिक हो।

पोस्टर र टिजर रिलिजमा पुगेकी आँचल भने टिजर रिलिजपछि निराश देखिएकी थिइन्। कारण थियो पोस्टरमा देखिएकी आँचल टिजरमा नदेखिनु।

पोस्टरमा आफ्नो तस्बिर देखिएपछि आँचल निकै उत्साहित बनेकी थिइन्। पोस्टरमा देखिएकी उनलाई आशा थियो टिजरमा पनि समेटिन्छु। तर टिजरमा भने आँचल समेटिनन्।

टिजरमा नसमेटिएकी आँचलले ट्रेलरमा आफूहरूको प्रस्तुति समेटेर आउनेमा आशावादी रहेको बताइन्।

दक्षिण भारतीय– तेलगु फिल्मका प्राविधिकहरुको  सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा, बिष्णु अधिकारी, प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन्। फिल्मलाई नेपालसहित भारत र प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा समेत प्रदर्शन गर्ने बताइएको छ।

प्रकाशित: १८ मंसिर २०८० ०७:०६ सोमबार

हिटम्यान अभिनेत्री आँचल शर्मा