१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

मरेकाे अभिनय गर्ने भ्यागुतीहरू

यस्ताे पनि!

भ्यागुताहरूले भ्यागुतीमाथि अत्ति चासो दिन थाले तिनीहरूको ध्यानबाट विकर्षित हुन मरेको अभिनय गर्ने गरेको अध्येताहरूले बताएका छन्।

युरोपेली भेगमा पाइने भ्यागुताको एक प्रजातिले भालेहरूले धेरै पछ्याएको, ध्यान दिन थालेको र तिनीहरूले आफूसँग यौन समागमका लागि हत्ते गर्ने हर्कत देखाउन थाले उनीहरूले मरेको अभिनय गर्ने गरेको अध्येताहरूको दाबी छ।

जर्मनीको वर्लिनस्थित नेचुरल हिस्ट्री म्युजियमकी अध्येता डा.क्यारोलिन डिट्रिक भन्छिन्, पहिला हामी भ्यागुताहरूले भ्यागुतीमाथि अलि बढी नै यौन क्रियाका लागि चासो दिए भ्यागुतीहरूले त्यस्ता कुरामा निष्क्रिय हुनुका पछाडि सक्रिय हुन नसक्ने कुनै अवस्थामा पुगे होलान् भन्ने ठान्थ्यौं। तर गहिरिएर हेर्दा उनीहरू निष्क्रिय हुनुका पछाडि अर्कै कारण रहेको निष्कर्षमा हामी पुगेका छौं।

डिट्रिकसँगै अर्का सहअध्येता डा.मार्क ओलिभर रोडेलले गरेको अध्ययन बडो रोचक छ। उनीहरूले दुई पोथीहरूलाई एउटा भ्यागुतोको जिम्मा लगाए। रोयल सोसाइटी ओपन साइन्स जर्नलका प्रकाशित परिणामअनुसार, यौन समागमका लागि हत्ते गर्ने भालेहरू छल्नका लागि पोथीहरूले मरेको अभिनय गरेका थिए।

५४ वटा पोथीहरूमध्ये ४८ प्रतिशतले यस्तो व्यवहार देखाएको अध्येताहरूको दाबी छ। ३३ प्रतिशत पोथीहरूले भने बढी टर्टराउने व्यवहार देखाएका थिए। यी सबै भालेहरूलाई विकर्षण गर्ने गतिविधिहरू रहेको अध्येताहरू बताउँछन्।

लगभग आधाको संख्यामा रहेका पोथीहरूले भने भालेहरूसँग जुभन र उनीहरूसँग भुत्ती खेल्न सफल भएका थिए। यस्तो गर्न नसक्नेहरूले भने मरेकोजस्तो अभिनय गर्ने गरेको उनीहरूको दाबी छ।

प्रकाशित: ४ मंसिर २०८० ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App