१२ असार २०८१ बुधबार
image/svg+xml
कला

मानिस हराएको सूचना प्रदर्शन हुँदै

लैगिंक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मंसिर १५ देखि २४ गते प्रदर्शन हुँदै छ।

नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्साउन नपाउँदाको पीडा, परिवार, समाजबाट पूर्ण स्विकार नहुँदाको पीडा र आफ्नो प्रेमीसँगको सम्बन्ध खुलेर भन्न नपाउँदाको पीडा प्रस्तुत गरिएको छ।

उक्त ‘मानिस हराएको सूचना’मा यस्ता अनेकौ पीडालाई समेट्दै अन्धकारबाट उज्यालोतर्फ जान खोजिएको छ।

५ वर्षदेखि कलाकारिता क्षेत्रमा लागिरहेका एभरेस्ट फिल्म एकेडेमीका कलाकारहरू र मण्डला थिएटरका रंगकर्मीहरू- शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश बिमली, स्नेहा जोशी, सरद न्यौपाने, दीपक कोइराला, साइमन थापा, पुकार चापागाईं बिचको सहकार्यमा बनेको नाटकलाई छोटो फिल्महरू निर्देशन गरिहेका अमित गिरी र कलाकारिता गर्दै आइरहेका सन्तोष विष्टको पहिलो निर्देशनमा रहेको यो नाटकलाई ब्लु डाइमण्ड सोसाइटी र झ्याल आर्टसलेले प्रायोजना गरेको छ भने एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटर नेपालको सहकार्य रहेको छ।

नाटकको अतिरिक्त प्रदर्शनी शनिबार १ बजे छ भने सोमबारबाहेक प्रत्येक दिन बेलुकी ५ बजे रहेको छ।

आयोजकले भनेको छ, ‘आउनुस् हामी सबै मिलेर एकपटक आफैलाई चिन्ने प्रयास गरौं, आफ्नो अस्तित्व खोज्ने प्रयास गरौं।’

प्रकाशित: २४ कार्तिक २०८० ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App