६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

हनी सिंह र सालिनीले गरे सम्बन्ध विच्छेद

भारतीय र्‍यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्।

उनीहरुको २ वर्षदेखि अदालतमा सम्बन्ध विच्छेद मुद्दा चलिरहेको थियो। हनी सिंहलाई सालिनीले घरेलु हिंसाको आरोप लगाएकी थिइन्। उनले हनी सिंह र उनको परिवारबाट पटक-पटक शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारमा परेको बताएकी थिइन्।

सम्बन्ध विच्छेदको अनुमति दिनुअघि अदालतले हनी सिंहलाई उनी अझै श्रीमतीसंग बस्न चाहानुहुन्छ भनेर सोधेको थियो त्यसमा उनले अब संगै बस्नुको अर्थ नभएको बताएका थिए। 

प्रकाशित: २२ कार्तिक २०८० ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App