१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

देश त्यसै खस्किंदैन

देश त्यसै खस्किँदैन

जब माटो खस्किन थाल्छ

तब देश पनि खस्किन थाल्छ।

माटो पनि त्यसै खस्किँदैन

माटोमाथि बस्ने मान्छेले

माटोको मूल्य बुझ्दैन भने

माटोमा स्थापित मान्यता चिन्दैन भने

माटोको मन कुँढिन्छ

र, माटो त्यसै त्यसै खस्किन थाल्छ ।

देश भनेको के हो?

माटो र मान्छेको प्रेम न हो।

देश उठ्नलाई

माटो र मान्छे  

प्रगाढ प्रेममा बाँधिएको हुनुपर्छ

हार्दिक आलिङ्गनमा कसिएको हुनुपर्छ।

माटो नचिनेको मान्छे

माटोले नचिनेको मान्छे

माटोमाथि बस्न थाल्छ भने

माटोमाथि खेलवाड गर्न थाल्छ

माटोलाई फगत उपभोगको

वस्तु बुझ्न थाल्छ

र, दलाल बनेर

किनबेचको वस्तु बनाउन थाल्छ।

तब,

माटो हच्किन्छ

माटोको मन विचलित हुन्छ

अनि माटो भस्किन थाल्छ

र देश खस्किन थाल्छ ।

प्रकाशित: ११ कार्तिक २०८० ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App