१२ असार २०८१ बुधबार
image/svg+xml
कला

‘धरतीका यमराज’को विमोचन

वरिष्ठ साहित्यकार सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ को विमोचन गरिएको छ।

स्वदेश प्रकाशनका प्रमुख ऋषिराम पाण्डेको सभाध्यक्षता र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। ७८ वर्षीय लघुकथाकार लम्सालको  जन्म दिनको अवसर पारेर गरिएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले लामो समय साहित्य साधनामा लागेका लम्साल मोफसलमा बसेर पनि सिर्जनामा तल्लीन रहेको भन्दै निरन्तरताको कामना गरे।

लघुकथाकार महेश प्रसाईंले कोरोनाले आक्रान्त बनाएको समयलाई सिर्जनशील बनाएर लघुकथाकारले यो कृति तयार गर्न सकेको उनले बताए। सङ्ग्रहमा कोरोनासँग सम्बन्धित ३६ लघुकथा रहेको उनले उल्लेख गरे। लघुकथामा चाहिने तत्वहरूको सदुपयोग गरेर कथा लेखिएको भन्दै उनले प्रशंसा गरे।

प्राडा लक्ष्मणप्रसाद गौतमले कथाको विषयवस्तु प्रस्तुत गर्दै उनले शीर्षक अनुसारका कथा रहेको उल्लेख गरे। कोरोना सन्दर्भका कथा भएकाले कोरोना एक यमराज र अन्य पनि यमराज बनेर नेपाल र नेपालीलाई तहसनहस पार्न आएको उनले बताए।

नेपाल स्रष्टा समाजका अध्यक्ष तथा लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथाकार लम्सालका लघुकथा उत्कृष्ट रहेको उल्लेख गर्दै निरन्तरको अभ्यास र साधनाबाट यो कृति आएको बताए।

लघुकथाकार लम्सालले कृति सिर्जनाको आधार उल्लेख गर्दै यो लघुकथासङ्ग्रह आउनुमा कोरोना मुख्य कारण भएको बताए।

प्रकाशित: १६ आश्विन २०८० ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App