२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कथाकार सत्या अधिकारीको ऐना लोकार्पण

हाम्रो लघुकथा केन्द्रले कथाकार सत्या अधिकारीको ऐना लघुकथासंग्रहको लोकार्पण गरेको छ।

हाम्रो लघुकथा केन्द्रका उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षता र स्रष्टा समाज नेपालका अध्यक्ष तथा लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा कृतिको लोकार्पण गरिएको हो।

लघुकथा केन्द्रका संस्थापक अध्यक्ष लता केसी, कार्यक्रमको अध्यक्ष डा. शेखरकुमार श्रेष्ठ, लघुकथा समाज नेपालको संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यकार गंगा पौडेल कर्माचार्य, कथाकारकी सासू आमा दिलकुमारी अधिकारी, संस्थाका सदस्य दामोदर अधिकारीले लगायतले कृतिको लोकार्पण गरेका हुन्।

प्रमुख अतिथि श्रेष्ठले कृतिको लोकार्पणमा समालोचक तथा समीक्षकले स्रष्टालाई हतोत्साही बनाउने गरेको बताए। ‘कुनैकुनै कार्यक्रममा लेखकलाई हतोत्साही बनाउने गरेको पाइन्छ। कुनै पनि पुस्तकको लोकार्पण भनेको सन्तानको जन्म उत्सव जस्तै हो। पुस्तक लाेकार्पणमा यो भएन ऊ भएन भन्नु भनेको लेखकलाई हतोत्साही बनाउनु हाे। तर, लघुकथा केन्द्रले कृति लोकार्पणलाई उत्सव मनाएकाे छ। यस्ताे सुन्दर र शालीन कार्यक्रमका लागि बधाइ छ।’

कार्यक्रममा साहित्यकार गंगा पौडयाल कर्माचार्यले हाम्रो लघुकथा केन्द्रले लघुकथाको विधागत उन्नयन उल्लेखनीय काम गरेको बताइन्। उनले भनिन्, ‘केन्द्रले लता केसीको अगुवाइमा लघुकथा क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको छ। महिलालाई लेख्न धेरै कठिन छ तर बिनाघमन्ड एउटै विधामा लागिरहँदा सफलता हात पार्न सजिलो छ। कथाकार अधिकारीको कृति ऐना पनि यसैको उदाहरण हो।’

गण्डकी प्रदेशकका संयोजक तथा केन्द्रका व्यवस्थापक शुभ शर्माले सञ्चालन गरेको सो कार्यक्रममा कृतिकारले स्वागत मन्तव्य राखेकी थिइन्।

कृतिकारका छोरा डा. स्वप्निल अधिकारी र केन्द्रका  सदस्य तथा प्रस्तोता गंगा दाहाल न्यौपानेले विमोचित कृतिका एकएक लघुकथा वाचन गरेका थिए।

नेपाली लघुकथामा व्यंग्य चेतना (नेसंवि) मा विद्यावारिधि गरेकोमा डा. हरिप्रसाद भण्डारीलाई  केन्द्रका अध्यक्ष केसीले रुद्राक्षको माला र अवीर लगाएर सम्मान गरेकी थिइन्।

त्यस्तै कृतिकारका सासू आमा दीलकुमारी अधिकारीलाई कार्यक्रमका विशिष्ट अतिथि कर्माचार्यले दोसल्ला ओढाएर असल सासू सम्मान गरिएको थियो।

कार्यक्रममा केन्द्रका ७२ आजीवन सदस्यमध्ये  ५८ जनालाई आजीवज सदस्यता वितरण गरिएकाे थियो।

उक्त अवसरमा डा. श्रेष्ठले संस्थाले लघुकथाको विकासका लागि कोशी प्रदेशमा मोरङका अनु विज्ञाति, गण्डकी प्रदेशमा कास्कीका शुभ शर्मा र लुम्बिनी प्रदेशमा कपिलवस्तुका इन्दिरा देवकोटा प्रदेश स्तरीय संयोजक छानिएका छन्।

कार्यक्रममा अप्सरा भट्टराई, ज्ञाननिष्ठ ज्ञवाली, डा. विदुर चालिसे, ध्रुव मधिकर्मी, मोहनबहादुर कायस्थ, मिना साह, बुद्ध महर्जन, प्रभा कार्की, दिनेश श्रेष्ठ, शेखर अर्याल, कवि क्षेत्री, लघुकथा चौतारीको योगप्रसाद उपाध्याय, लघुकथा सौन्दर्यका श्रीराम राईको लगायतको उल्लेखीय रूपमा सहभागिता थियो।

प्रकाशित: १४ आश्विन २०८० ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App