२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

निर्माता कटुवाल भन्छिन्: अनमोलले दश लाख लिए अहिले बहानाबाजी गरे

अभिनेता अनमोल केसी आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका छन्। केसी शुक्रबार साँगाबाट पक्राउ परेका हुन्।

रावायण फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएको थियो।

फिल्मकी निर्माता सुप्रिया कटुवालले अभिनेता अनमोल केसीले १० लाख एडभान्स लिएर अहिले छायांकनका बेला बहानाबाजी गरेर धोका दिएको बताएकी छन्।

अभिनेता केसीकै धोकाका कारण फिल्मको निर्माण चौपट हुने र आफ्नो एक करोड ५ लाख लगानी डुब्ने अवस्थामा पुगेपछि प्रहरीमा जाहेरी दिएको उनले बताइन्।

‘रावायणको कथा सुनिसकेपछि उहाँले असार ३१ गते केसीले चलचित्रको मुख्य भूमिकामा अभिनय गर्न सहमति जनाउनुभएको हो,’ निर्माता कटुवालले भनिन्, ‘त्यही दिन मैले सिद्धार्थ बैंकको चेकमा मेरो आफ्नै खाताबाट १० लाख भूक्तानी दिएकी थिएँ।’ उक्त चेक दुई सातापछि साँटेको उनले बताइन।

अभिनेता केसी सहमत भएपछि उनकै घरपरिवारको सुझावका आधारमा अभिनेत्री नीति शाहलाई अनुबन्ध गरेकोदेखि लिएर स्क्रिप्टसम्म लेखिएको उनले बताइन्।  ‘सब उहाँको र परिवारको सुझावका आधारमा काम भएको छ। अभिनेत्री पनि उहाँकै परिवारको सुझावका आधारमा उहाँकै पारिवारिक नाता पर्ने व्यक्ति लिएका हौँ,’ कटुवालले भनिन।

कटुवालका अनुसार आज निर्माण टोली छायांकनका लागि सर्लाही जाने कार्यक्रम थियो। तर केसीले धोका दिएर नआइदिएपछि ७० जनाको टोलीको समय खेर गएको उनले बताइन्।

प्रकाशित: १२ आश्विन २०८० १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App