२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

रीमा भन्छिन्: सेन्सर र समीक्षाको नाममा झरना जस्ता मेकरलाई नपिरोल्नु

झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ हेरेपछि अभिनेत्री रीमा विश्वकर्माले झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोल्न नहुने बताएकी छिन्।

कलाकार र चलचित्र बाँच्नको लागि निर्माता बाँच्न जरुरी रहेको बताउँदै उनले ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोल्न नहुने बताएकी हुन्।

उनी लेख्छिन्, 'झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोलिरहने हो भने नेपाली चलचित्र व्यापार, व्यवसाय र करियरको रूपमा विकसित हुन अर्को पचास वर्ष लाग्न सक्छ। चलचित्र हेरे पछि म भित्रको कलाकारलाई कलाकार ‘झरना थापा’ को सार्है माया लागेर आयो। कलाकार झरना थापाको कलाप्रतिको बुझाई, लगाव र निर्माता निर्देशकको रूपमा देखाएको ईमान्दारिता वास्तवमै प्रशम्सनिय छ।'

झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ दोस्रो सातामा चलिरहेको छ। रिलिजपूर्व धार्मिक संस्थाले शीर्षकमा आपत्ति जनाएपछि फिल्म चर्चामा थियो। चलचित्र विकास बोर्डको समन्वयमा निर्माता र धार्मिक संस्थाबीच नाम परिवर्तन गर्ने सर्तमा सहमति जुटेको थियो।  

प्रकाशित: ७ आश्विन २०८० ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App