१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

अभिनेता शाहरुख खान एक वर्षमा भारतमै १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन्।

‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको हो।

शाहरुखको फिल्म  ‘पठान’ र  ‘जवान’, दुवै फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गरेका छन्। ‘पठान’ बक्स अफिसमा हिन्दी फिल्मको लागि सर्वकालिन ब्लकबस्टर बनेको छ भने हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्दै आएको छ।

शाहरुख, नयनतारा र विजय सेतुपति अभिनित ‘जवान’ले हालसम्म भारतीय बक्स अफिसमा ४४२.७३ करोड भारु कमाएको छ भने विश्वब्यापी रुपमा ७०० करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ।

त्यस्तै शाहरुखको पठान’ले ५४३.०५ करोड भारु माथि कमाएको थियो।

सन् २०१९ मा चारवटा रिलिजसँगै अभिनेता अक्षय कुमारले बक्स अफिसमा कूल ७५७.१३० करोड भारु कमाएका थिए। शाहरुखले २०२३ मा दुई फिल्मबाटै १०२३.०४० करोड भारु कमाएर अक्षयले बनाएको कीर्तिमान तोडेका छन्।

प्रकाशित: ३ आश्विन २०८० ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App