१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

विज्ञान र प्रविधिको अपरिहार्यतामाथि विमर्श

एघारौं विज्ञान दिवसको उपलक्ष्यमा मानववादी समाज (सोच) नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त रूपमा सबैका लागि विज्ञान विषयमा विमर्श भएकाे छ।

मानववादी समाज (सोच) नेपालका अध्यक्ष डा. दामोदर पुडासैनीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो। सो अवसरमा प्रमुख अतिथि साझा प्रकाशनका सञ्चालक सदस्य, महिला अधिकारकर्मी एवं साहित्यकार सीता ओझाले एक कार्यपत्र प्रस्तुत गरेकी थिइन्। सो क्रममा उनले वर्तमान युग विज्ञानको युग भएकाले समाजमा विद्यमान कुरीति र कुप्रथाहरू पन्छाउँदै वैज्ञानिक समाज स्थापना गर्नुपर्नेमा जोड दिइन्।

अर्का वक्ता एवं विशिष्ट अतिथि निरज पौडेलले विज्ञानका उपलब्धिहरू कुनै सीमा, जात, धर्म, लिंगमा सीमित नहुने र समस्त मानवलाई विज्ञानका उपलब्धिले मात्र अघि बढाउन सक्ने भएकाले विज्ञानसुहाउँदो मानव संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

मानववादी अभियन्ता अर्जुन परियारले संयोजन तथा सञ्चालन गरेको सो विमर्श कार्यक्रममा रामदेव पाण्डे, जेपी नेपाल, सुवर्ण कर्माचार्य, रामदत्त मिश्र, डम्बर मिश्र, अश्विनी कोइराला, दीपक बानियाँ, उमेश पाण्डे, रेणु अधिकारी मौनता, तारा केसी, भवानी मैया पन्त, नरबहादुर विसी, डा. शैलेन्द्रप्रसाद नेपाल, उत्तम विचार भेटुवाल, शीला पोखरेल नेपाल, पार्वती पुडासैनी, राधा पाण्डे, ज्ञान्दारी कैनी, राजेन्द्र कोइराला, प्रवीण भुसाल, सञ्जय पन्थी, सीताराम घले, एलिष्टा सुवेदी, सुनिल पन्त, प्रकाश सिलवाल, यशोदा अधिकारी, विमला पौडेल लगायतका वरिष्ठ साहित्यकार, चिन्तक, पत्रकार, राजनीतिज्ञहरूले विज्ञान तथा प्रविधिको कारण मानव जीवन समृद्ध बन्दै गएको हुँदा वैज्ञानिक प्रगतिमा राष्ट्रको ध्यान जानुपर्नेमा जोड दिए।

सभाध्यक्ष एवं मानववादी समाज (सोच) नेपालका अध्यक्ष डा. दामोदर पुडासैनीले विमर्श कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। उनले सो अवसरमा ‘विज्ञान प्रमाणमा आधारित हुने र मानव जीवनलाई अग्रगतिमा डोर्‍याउने एक मात्र आधार विज्ञान नै भएकाले वैज्ञानिक सोचका साथ विकास, निर्माण, सांस्कृतिक र साहित्यिक क्रियाकलापहरूलाई अघि बढाउनुपर्ने कुरा प्रकाश पारे।

नेपालले हरेक वर्ष असोज एक गते विज्ञान दिवस मनाउँदै आएको छ।

प्रकाशित: ३ आश्विन २०८० ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App