१२ असार २०८१ बुधबार
image/svg+xml
कला

किन एक्सन सिक्दै छिन् आँचल ?

अभिनेत्री आँचल शर्मा अहिले किक–बक्सिङ सिक्न व्यस्त छिन्। आँचलले बिहीबार बेलुका मात्र सामाजिक सञ्जालमा किक–बक्सिङ सिकिरहेको भिडियो पोस्ट गरेकी छिन्।

भिडियोमा आँचलले निकै मेहनत गरेर किक–बक्सिङ सिक्न खोजेको देखिन्छ। ट्रेनरले उनलाई किक–बक्सिङ सिक्नलाई सहयोग गरिरहेको देखिन्छ भने ट्रेनरलाई आँचलले किक–बक्सिङ हानिरहेको भिडियोमा देख्न सकिन्छ।  

यो पोस्टबाट आँचलले आफू एक्सन अवतारमा उत्रिन लागेको सन्देश दिन खोजेकी छिन्। आँचलले यस भन्दा पहिला अभिनय गरेका सबै सबै फिल्म रोमान्टिक र सामाजिक कथामा आधारित छन्।

अबको फिल्ममा भने आँचल एक्सन अवतारमा उत्रिन लागेको बुझिन्छ। आँचलले आगामी फिल्म दयाहाङ राईसँग  ‘डिग्री माइला’ गर्दै छिन्। 

प्रकाशित: २९ भाद्र २०८० १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App