१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कथाकार सापकोटाको ‘अनावरण’ बजारमा

उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासंग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ।

‘अनावरण’ सामान्य र महत्त्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका कथाको संग्रह हो। संग्रहका कथाहरूमा समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसंगत एवं विद्रूप चित्रलाई सरल तर संवेद्य ढंगले प्रस्तुत गरिएको छ।

हीनभावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरूको मानसिक दशाको मिहीन चित्रण यस संग्रहका कथाहरूमा पढ्न पाइन्छ।

पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुङ्ग्याइएका यी कथाहरू पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन्।

कलम प्रकाशनले बजारमा ल्याएको कथासंग्रह ‘अनावरण’को मूल्य ४९५ रुपैयाँ रहेको छ।

प्रकाशित: १८ भाद्र २०८० ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App