१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अक्षय कुमारको ‘ओएमजी २’ को २० सिन काटियो

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'ओ माइ गड २' भारतीय सेन्सर बोर्डमा फसेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सेन्सर बोर्डअन्तर्गतको पुनरावलोकन कमिटीले  फिल्म हेरेको छ। फिल्म हेरेपछि समितिले फिल्मलाई २० कटसहित ए–सर्टिफिकेट दिने निर्णय गरेको छ।

यस विषयमा निर्मातालाई कारण देखाऊ सूचना पठाइएको थियो। तर निर्माताले कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

यो फिल्म यौन शिक्षामा आधारित भएको हुँदा सेन्सर बोर्डमा अड्किएको सञ्चार माध्यमहरुले बताएका छन्।  

फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरेन्स’ भने आउन सकेको छैन। यस्तो अवस्थामा यो विवादका कारण फिल्मको प्रचारप्रसारमा असर परिरहेको छ।

अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षयसँगै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका छ। यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ।  

प्रकाशित: १० श्रावण २०८० ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App