२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

गठामुंगः पर्व मनाउँदै नेवार समुदाय

फाइल तस्वीर

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन्।

साथै आफ्नो गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेतसमेत मन्छाउँछन्। भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गर्दछन्। यहाँको शैली अन्य स्थानका नेवार समुदायको भन्दा भिन्न प्रकारको छ। यस दिन नेवार समुदायमा एका बिहानै उठेर घरलाई लितपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने परम्परा रहेको छ। घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाडाकुँडासमेत धोएर चोखो बनाउनुपर्दछ। जल नछर्केसम्म कसैले खान नहुने मान्यता छ।

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन्।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछन्। काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको देबाटोे वा चौवाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ।

बौ वाय् ज्यासँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरंगी मयूरको प्वाँख र तिन खुट्टे फलामको किला ठोक्छन्। यसले घरमा भूत प्रेत पस्न सक्दैन भन्ने जनविश्वास छ।

घरका साना केटाकेटीलाई फलाम वा तामाको औंठी लगाइदिने चलन पनि छ। वयस्क युवतीले घण्टाकर्णको दिन विशेष गरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि छ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछन्। काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको देबाटोे वा चौवाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ।

त्यसैगरी साँझ पख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर देबाटोमा फाल्ने कार्य) गर्दछन्। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिंडीसम्म परिक्रमा गराई छ्वास वा दोबाटामा लगेर सेलाउने गरिन्छ। यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडा लगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलन समेत छ।

घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छवालीको मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई चोक चोकमा ठड्याएर राख्छन्। सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइने परम्परा छ।

साँझपख सो राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगरबाहिर  लगेर जलाउँछन। यसरी जलाउन लैजाँदा बाजागाजाको तालमा अश्लील शब्द प्रयोग गर्दै गीत गाउँदै जाने प्रचलन छ।

यस पर्वलाई किसानले ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको सुरुबाट भएको संकेत पर्वको रूपमा पनि लिने गर्दछन। नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने गर्दछ।

नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।

घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छवालीको मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई चोक चोकमा ठड्याएर राख्छन्। सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइने परम्परा छ।

काठमाडौं उपत्यकामा करिब दुई हजार वर्षअघिदेखि यो पर्व मनानाउँदै आएको उनले बताए। यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रूपमा समेत लिने गरेको संस्कृतिविद् डा.श्रेष्ठको भनाइ छ।

प्रचलित किंवदन्तीअनुसार कानमा घण्टा झुण्ड्याएर हिंड्ने बडेमानको शरीर भएका राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो। घण्टाकर्णलाई शिवको प्रतीकको रुपमा पनि लिइन्छ। घण्टाकर्ण शिवका परम भक्त थिए। उनी शिवको बाहेक अन्य देवीदेवताको नाम समेत सुन्न मन पराउँदैनथे। सोही कारण उनी कानमा घण्टा झुण्ड्याएर हिंड्ने गर्देथे।

बिस्तारै उसले दोबाटो चौबाटामा बसेर जे पायो त्यही खाने, बाटामा हिंड्नेसँग जगात (कर) माग्ने, जनतालाई दुःख कष्ट दिने, महिला र बालिकामाथि व्यभिचार गर्ने गर्न थाले। एकदिन उसलाई साह्रै भोक लागेको बेला ऊ आहाराको खोजीमा चौबाटामा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो। भ्यागुतोसँग उसले मानव बस्ती कहाँ छ भनेर सोध्यो। भ्यागुतोले घण्टाकर्णलाई धाप (भास भएको जमिन)तर्फ बाटो देखाउँदै त्यहीं मानिसको बस्ती छ भनेर पठायो। घण्टाकर्ण त्यतै लागे तर ऊ धापमा फस्यो। जति निस्कन खोज्यो त्यति उनी भासिंदै गए।

साँझको समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो। भोलिपल्ट बिहान गाउँलेले ढुंगाले हानेर उसलाई मारे। कतैकतै भ्यागुताले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुन्न पाइन्छ।

रुद्रयामल तन्त्रमा एकजना तान्त्रिकले भ्यागुतोको रूप लिई राक्षसलाई मारेको कथा उल्लेख छ। त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन घण्टाकर्ण प्रतीक बनाई जगात उठाउने र साँझपख बाजागाजासहित नाचगान गर्दै नजिकको खोला, दोबाटो वा चौबाटोमा लगेर जलाउने परम्पराको विकास भएको मान्यता छ।

यसै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ। नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने परम्परागत देवीदेवताका नाचसहित व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्व पछि सुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि यसै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ।

रुद्रयामल तन्त्रमा एकजना तान्त्रिकले भ्यागुतोको रूप लिई राक्षसलाई मारेको कथा उल्लेख छ। त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन घण्टाकर्ण प्रतीक बनाई जगात उठाउने र साँझपख बाजागाजासहित नाचगान गर्दै नजिकको खोला, दोबाटो वा चौबाटोमा लगेर जलाउने परम्पराको विकास भएको मान्यता छ।

विशेष गरी किसानहरूले गठामुंगः पर्वलाई वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन रोपाइँ लगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूत, प्रेत, डाकिनी, शाकिनी, पिसाच आदिलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वका रूपमा समेत लिइन्छ।

प्रकाशित: ३० असार २०८० ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App