१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘यात्रा जिन्दगीको’ लोकार्पण

केशर विश्वकर्मा ‘अथक’ को गजलसंग्रह ‘यात्रा जिन्दगीको’ बिहीबार काठमाडौंमा लोकार्पण भएको छ। प्रस्तुत कृतिलाई प्राध्यापक डा. नारायणप्रसाद शर्मा गैरेसहित अन्य अतिथिहरूद्वारा सामूहिक रूपमा लोकार्पण गरिएको हो।

उक्त अवसरमा कृतिको टिप्पणी गर्दै डा. शर्मा गैरेले गजलका विषय चयन तथा शिल्पगत सजगताका कारण सर्जक विश्वकर्माको पहिलो कृति नै सुगन्धित बनेको बताए। डा. शर्मा गैरेले भने, ‘धार्मिक, राजनीतिक, सांस्कृतिक सबै भाव समेटिनु वास्तवमै महत्वपूर्ण कुरा हो। कृति पढेपछि सिर्जनामा लाग्ने एवं सामाजिक सम्मान तथा भौगोलिक अखण्डताबारे लेख्ने रुचि जाग्यो। यो उल्लेख्य उपलब्धि हो।’

कार्यक्रममा बोल्दै पूर्व आपूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले गजलमा आर्थिक सामाजिक पक्षको उठान भएको बताए।

कृतिका बारेमा बोल्दै गजलकार विश्वकर्माले यात्राका क्रममा टिपोट गरिएका अनुभूतिलाई गीत तथा गजलको कलेवरमा रूपान्तरण गरेको बताए। संग्रहमा ७८ वटा गजल समावेश छन्।

प्रकाशित: २७ जेष्ठ २०८० ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App