१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नेपाली मौलिक लोकबाजा प्रशिक्षण

जनसांस्कृतिक प्रतिष्ठान, नेपालको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा दुईहप्ते नेपाली मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न भएको छ।

प्रशिक्षणमा बाँसुरी, सनई, खैँजडी, मादल, टुङ्ना, खिँ, ढोलक, धिमेलगायत १० बाजामा नयाँ पुस्तादेखि ज्येष्ठ नागरिकसम्मलाई प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा अशोक राई, भरत नेपाली, भरत बुढाथोकी, नरेश प्रजापति, गोपालदेव धतानी, छेवाङ तेञ्जिङ लामा र धनबहादुर गुरुङले प्रशिक्षण दिएका थिए।

उक्त प्रशिक्षणको समापन कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य खगेन्द्र राई, प्रतिष्ठानका अध्यक्ष प्रेमनाथ अधिकारी र महानगरपालिकाको वडा नं २८ का अध्यक्ष भाइराम खड्गी (प्रकाश)ले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरेका थिए।

अध्यक्ष अधिकारीले लोप हुन लागेका मौलिक बाजाको संरक्षण र जगेर्नाका लागि यस्ता कार्यक्रम नियमितरूपमा सञ्चालन गर्ने बताए। 

प्रकाशित: २४ जेष्ठ २०८० १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App