८ वैशाख २०८१ शनिबार
कला

गोरखपुरमा ‘द अनब्रेकेबलः अगस्त्य’

नेपाली चलचित्र समेत दुई भागमा बन्ने भएको छ। बलिउड र हलिउडले यस्तो शैलीमा बनाएका चलचित्रले सफलता पाएपछि नेपालमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल: अगस्त्य’ को दुई भागमा तयार हुने गरी छायांकन सुरु भएको छ। भारतको गोखरपुर मन्दिरमा पूजा गरी सुरु गरिएको छायांकनको तालिका २० दिनको रहेको निर्देशक चौधरीले बताए।

उनले भने, ‘हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिका नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरेको छु, दुई भागमा तयार गर्ने योजनासहित सुरु गरेका हौं।’

निर्देशक चौधरीले कथा लेखनकै क्रममा एक भागमा नसकिने भएपछि दुई भागलाई नै तयार गरिने योजना बनेको बताए। यद्यपि अहिले दोस्रो भागको केही दृश्य मात्र खिच्ने उनको योजना छ।

निर्देशक चौधरीले भने,‘दुई भागमा मात्र कथा सकिने छ, भारतको गोरखपुर र बनारसमा छायांकन सकिएपछि नेपालका काठमाडौं र नवलपरासीमा बाँकी छायांकन हुने तालिका निर्धारण गरिएको छ।’

चलचित्रमा अभिनेता सौगात मल्ल, मलिका महत, प्रमोद अग्रहरि, रवीन्द्र झा, विजय बराल लगायतका कलाकारले अभिनय गरिरहेका छन्।  

प्रकाशित: २४ जेष्ठ २०८० ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App