५ वैशाख २०८१ बुधबार
कला

छक्क पर्छु

व्यंग्य

केही समयअघिसम्म सामाजिक सञ्जालभरि एउटा चर्चाको शब्दले व्यापकता लिइरहेको देखिन्थ्यो- छक्क पर्छु’। तर त्यो छक्क पराइ अहिले पनि ज्युँका त्युँ छ। छक्क को परिरहेछ? किन परिरहेछ? छानबिन नगरे पनि प्रस्ट छ, छक्क पर्नुपर्ने विषय अचम्मकै छ। त्यही अचम्म भएकैले नै त हो छक्क पर्नु परेको।

नुन नभएको देशमा दस थरीको कानुन

यो देशको कानुन भगवानै जानून्...

सामाजिक सञ्जालमा यो गीत गाउँदै मेयर हर्क साम्पाङ भन्छन्-‘छक्क पर्छु...।’ त्यसभन्दा अघि त्यसको भूमिका गाउँछन्-‘जता हेरे पनि जसो गरे पनि मुद्दामामिला...।’

वास्तवमा आजको वातावरण देखेर छक्क उनी मात्रै परिरहेका छैनन्, अरू पनि परिरहेछन्। फरक यत्ति हो कि अरूचाहिँ गीत गाइरहेका छैनन्। अरू भनेको जनता। जनता त अझ गीत गाउनुभन्दा देशको कानुन देखेर बहुलाइरहेका पो छन्। सायद गाइरहनुभन्दा बहुलाउनु नै निको मानिरहेका छन् जनताले। हुन पनि नबहुलाएर गर्नु पो के र? देशको कानुन हेरी साध्य भए पो ! भैगो, कानुनको कुरै छोडौं। कानुनको कुरा गर्दै जाने हो भने फेरि लहरो तान्दा पहरो गर्जिएला। त्यसैले अन्य विषयतिर हेरौं ! तर त्यसरी हेर्दा पनि जता हेरौं त्यतै छक्क पर्नुपर्ने हुन्छ।

नुन नभएको देशमा दस थरीको कानुन/यो देशको कानुन भगवानै जानून्.../ सामाजिक सञ्जालमा यो गीत गाउँदै मेयर हर्क साम्पाङ भन्छन्-‘छक्क पर्छु...।’ त्यसभन्दा अघि त्यसको भूमिका गाउँछन्-‘जता हेरे पनि जसो गरे पनि मुद्दामामिला...।’

साँच्चै छक्क पर्छु म पनि!

सहरका भग्न सडकहरू देखेर छक्क पर्छु। सडक विभागले भत्किएको सडक जब पिच गर्न सुरु गर्छ तब तुरुन्तै खानेपानीले डोजर ल्याएर भत्काउन थालेको देखेर छक्क पर्छु। अनि हिलो... धुलो... हप्तौंसम्म त्यही हालत। केही दिनपछि सम्बन्धितका आँखा त्यो सडकमा पर्छन् र दोहा¥याएर त्यही सडक पिच गर्न सुरु हुन्छ। तब फेरि छक्क पर्नुपर्ने हुन्छ।

छक्कको सीमा त्यतिबेला नाघ्छ जब म त्यो सडक देख्छु। पिच गरेर सडक सेलाउन पाएको हुन्न, तात्तातै त्यहीं नै ढल विकासले खन्न सुरु गरिहाल्छ। अब छक्क नपरूँ कसरी?

त्यही सडकबाट हिँड्दै, धुलो-हिलोमा रङ्मङिँदै कामविशेषले एउटा अफिसमा पस्छु। अफिसको मूलढोकाको सिरानमै झुन्ड्याइएको भित्तेघडीमा आँखा पर्छन्, घडीले साढे १० बजाइसकेको छ। सरासर अफिसभित्र पस्छु। पस्न त पस्छु तर त्यहाँको वातावरण देखेर छक्क पर्छु। कोठा सबै रित्ता छन्। तर रित्ता के भन्नु ! मेच, टेबल, दराज सबै छन्, छैनन् त एक जना पनि कर्मचारी छैनन्। त्यही कारण कोठा रित्ता लागेको छ मलाई। हो, तिनै रित्ता कोठाहरू देखेर छक्क पर्छु।

छक्कको सीमा त्यतिबेला नाघ्छ जब म त्यो सडक देख्छु। पिच गरेर सडक सेलाउन पाएको हुन्न, तात्तातै त्यहीं नै ढल विकासले खन्न सुरु गरिहाल्छ। अब छक्क नपरूँ कसरी?

केही बेरपछि कर्मचारी आउन सुरु गर्छन् तर काम सुरु गर्दैनन्, आपसमा गफ सुरु हुन्छ तिनका। म आफ्नो काम लिएर एउटा कोठामा पस्छु। मेरो हातमा मेरो कामको एउटा फाइल छ। कोठाभित्र पसेर एक कर्मचारीलाई अभिवादन गर्दै आफ्नो हातको फाइल उनीतर्फ तेस्र्याउँछु। ‘के हो यो?’ ती कर्मचारी प्रश्न गर्छन् मलाई। म उसको टेबलमा फाइल बिसाउँदै खोल्छु र भन्छु-‘मेरो सानो काम थियो सर।’

‘के काम हो?’ उनी यसरी झर्कन्छन्, मानौं मैले भर्खर उनलाई गहिरो निद्राबाट बिउँझाइदिएको छु। मैले बडो विनम्रताका साथ फाइल पल्टाउँदै इंगित गरें-‘यहाँ हाकिम साबको हस्ताक्षर गर्न बाँकी छ सर।’

उनले त्यसतर्फ हेर्दै हेरेनन्, बरु मेरो अनुहार ताक्दै भने-‘त्यत्तिकै हुन्छ हाकिमसाबको हस्ताक्षर?’

छक्क पर्दै मैले तत्कालै प्रतिक्रिया व्यक्त गरें-‘सबै काम सकिइसकेको छ सर, खाली त्यत्ति बाँकी हो।’

उनी टसमस भएनन्, फेरि उही कुरा दोहो¥याए उनले– ‘मैले भनिसकें त ! त्यत्तिकै हुन्छ हाकिमसाबको हस्ताक्षर?’

‘अब केही बाँकी नै छैन,’ मैले पनि आफ्नो भनाइ दोहोर्‍याएँ, ‘एक पटक सरर हेरेर हाकिमसाबले हस्ताक्षर गरिदिनु भए सकिइहाल्यो।’

‘होइन कस्तो कुरा नबुझ्नुभा भन्या! सजिलै हाकिमसाबको हस्ताक्षर हुँदैन क्या !’ उनको बोलीमा केही रहस्य लुकेजस्तो लाग्यो मलाई। त्यसैले भनिहालें, ‘अनि के बाँकी छ र यसमा? फाइल हेर्नू न त !’

‘फाइल पनि हेर्न मिल्दैन,’ उनी टकटकिए। म झनै छक्क परें, हेर्न पनि नमिल्ने ! के भनेका होलान् यिनले? म बोलें, ‘मैले बुझिनँ सर तपाईंले भन्नुभएको।’ उनी कडक्क कड्किए-‘हैन, तपाईं कुन देशको नागरिक हँ ? नेपाली होइन कि क्या हो तपाईं?’

‘होइन कस्तो कुरा नबुझ्नुभा भन्या ! सजिलै हाकिमसाबको हस्ताक्षर हुँदैन क्या !’ उनको बोलीमा केही रहस्य लुकेजस्तो लाग्यो मलाई। त्यसैले भनिहालें, ‘अनि के बाँकी छ र यसमा? फाइल हेर्नू न त !’

उनको जिज्ञासाले एक पटक फेरि छक्क परें म। छक्क परें मात्रै होइन, नराम्ररी झस्किएँ। नागरिकताको विषयमा यति ठुलो चर्चा चलिरहेका बेला मेरो नागरिकताको कुरो उठ्नु अस्वाभाविक थियो। बेकारको झमेलामा पो परिन्छ कि भन्ने त्रास फैलियो मभित्र। यही त्रासबीचमै मैले सानो स्वरले भनें, ‘म नेपाली नै हुँ नि सर!’

‘अनि नेपाली हो भने मैले भनेको किन बुझ्नु भएन त? मैले नेपाली भाषामै बोलेको छु त!’ उनले आफूलाई प्रस्ट पारे। मैले प्रतिक्रिया व्यक्त गरें, ‘होइन सर, भाषा किन नबुझ्नु? कुरो पो नबुझेको त, फाइल किन हेर्न नमिल्ने होला?’

‘तपाईंको फाइल नै बन्द छ। कसरी हेर्नु?’ अचम्मको प्रश्न गरे उनले।

उनले स्पष्ट पारे, ‘हामी सरकारी कर्मचारी हौं। हामीले देख्ने भनेको जे लेखिएको छ त्यो मात्रै हो। जबकि तपाईंको फाइलमा बाहिर यहाँ खोई फाइल खुला भनेर लेखिएको देखिन्न।’

उनको कुराले छक्क पर्दै भनें, ‘तर... फाइल त यी खुलै छ त सर, भित्र पढ्न मिलिहाल्छ नि!’

‘तपाईंले मुखले भन्दैमा मिल्छ? नियमले मिल्नु पर्दैन? खुला भनेर स्पष्ट नलेखिएपछि फाइल खोलिएकै भए पनि हाम्रो आँखामा त्यो बन्द नै हो।’

उनको तर्कको सामु बढी बहस गरेर मेरो केही चल्ने छाँटकाँट देखिनँ। मलाई जसरी पनि हाकिमसाबको हस्ताक्षर गराउनु थियो। त्यसैले उनै कर्मचारीलाई सोधें, ‘अब फाइल खुला भनेर कसरी लेखाउने त सर?’

‘तपाईंले मुखले भन्दैमा मिल्छ? नियमले मिल्नु पर्दैन? खुला भनेर स्पष्ट नलेखिएपछि फाइल खोलिएकै भए पनि हाम्रो आँखामा त्यो बन्द नै हो।’

‘सरकारी कर्मचारीको नियमअनुसार चल्न जान्नुपर्छ,’ उनी मेरो कानछेउमै आएर फुसफुसाए।  ...म फेरि छक्क परें।

प्रकाशित: २० जेष्ठ २०८० ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App