१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

केतुकी गीत बजारमा

शान्ति दीप बहुमुखी क्याम्पस बाग्लुङका सहायक क्याम्पस प्रमुखसमेत रहेका गायक डिल्ली पौडेलको ‘केतुकी’ गीत युट्युब च्यानलबाट बजारमा आएको छ।

डिल्ली पौडेल र सुनिल केसीको प्रस्तुति रहेको सो गीतमा शब्द तथा लय शिव अखेलीको रहेको छ तारानाथ आचार्यको एरेन्ज रहेको सो गीतमा गायक डिल्ली पौडेल र गायिका नविना सुवेदीका साथमा सुमन केसी, सुनिल केसी र गंगा पौडेलको स्वर रहेको छ।

कुमार केसीको निर्देशन रहेको सो गीतमा लोमस शर्मा र यशु भट्टराईको अभिनय रहेको छ। गीतको छायाँकन बागलुङ जिल्लाको कुस्मिसेरा बजार, बाग्लुङ विनामारे तथा बाँसटारीमा गरिएको छ। गायक डिल्ली पौडेलले यसअगाडि ‘छ छैन मायाले बाटो देखेको’, ‘बोडी र तरुल’ जस्ता एल्बम बजारमा ल्याइसकेका छन्।

प्रकाशित: १७ जेष्ठ २०८० ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App