coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

लकडाउन निबन्धकृतिकाे अन्तरक्रिया

जन ज्ञानज्योति मावि कौशिलानगर, कोहलपुरले निबन्धकार सागर गैरेको निबन्धसंग्रह लकडाउनको अन्तरक्रिया गरेको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञा सभा सदस्य महानन्द ढकालको प्रमुख आतिथ्यमा निबन्धकार गैरेको लकडाउन कृतिको अन्तरक्रिया गरिएको हो।

कार्यक्रमकाे प्रमुख अतिथि  तथा नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञा सभा सदस्य ढकालले लेखक र विद्यार्थीको अन्तरक्रियाले विद्यार्थीहरूमा पठन संस्कृति र लेखन सीपको विकास गराउने बताए। उनले यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी बनाउन, स्थानीय परिवेशसँग परिचित गराउन र समसामयिक विषयवस्तु बुझ्न सहयोग पुर्‍याउने बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञा सभा सदस्य महानन्द ढकालको प्रमुख आतिथ्यमा निबन्धकार गैरेको लकडाउन कृतिको अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा लेखक सेखर दहितले सागर गैरेको व्यक्तित्व र कृतित्वको प्रकाश पार्दै लकडाउनको बेला लेखिएको लकडाउन महत्त्वपूर्ण कृति रहेको र साे कृतिमा माटोको सुगन्ध पाइने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल बास्तोलाले विद्यार्थीहरूलाई स्थानीय लेखक तथा साहित्यकारहरूसँग परिचित गराउँदै विद्यार्थीहरूलाई लेखनमा हौस्याउन कार्यक्रमको आयोजना गरेको बताए।

विद्यालय प्रशासनका वरिष्ठ सदस्य तथा  निमित्त प्रधानाध्यापक एकदेव पन्थीले लेखक साहित्यकारहरूलाई धन्यवाद दिंदै विद्यार्थीहरू चौतर्फी विकास गर्न यस्तो खाले कार्यक्रम गर्दै जाने बताए।

कार्यक्रममा लेखक सेखर दहितले सागर गैरेको व्यक्तित्व र कृतित्वको प्रकाश पार्दै लकडाउनको बेला लेखिएको लकडाउन महत्त्वपूर्ण कृति रहेको र साे कृतिमा माटोको सुगन्ध पाइने बताए।

लेखक तथा साहित्यकारहरू पुष्कर रिजाल, नवीन अभिलाषी, विक्रम शिशिर, प्रकाश मरासिनी, प्रतीक गैरे, उषा सुवेदी लगायतको उपस्थिति रहेको कार्यक्रममा झन्डै दुई दर्जन विद्यार्थीले लेखक गैरेसँग विभिन्न जिज्ञासा राखेका थिए।

नेपाली विषय शिक्षक गायत्री हमालको स्वागत मन्तव्य रहेको कार्यक्रममा दर्जनौ विद्यार्थीको सहभागिता रहेको थियो।

प्रकाशित: १५ जेष्ठ २०८० ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App