२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लाहुरेको संघर्ष सार्वजनिक

पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनकथा समेटिएको पुस्तक लाहुरेको संघर्ष, करबाकेलीको सेवामा दुई दशक नामक पुस्तक सार्वजनिक भएको छ। पर्यटनकर्मी युवाको संस्था कन्सेप्ट नेपालले आइतबार काठमाडौंमा कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रममा पत्रकार शेखर खरेल, पत्रकार एवं कवि भोजराज न्यौपाने, सञ्चारकर्मी रीता लिम्बु र लेखक पुनले लाहुरेको संघर्ष सार्वजनिक गरेका हुन्।

पुस्तक सार्वजनिकसँगै आयोजित अन्तरक्रियामा लाहुरे चामबहादुर उदाहरणीय र प्रेरणादायी व्यक्तित्व भएको टिप्पणी गरियो। एकजना लाहुरेले आफ्नो समाजका लागि कतिसम्म योगदान गर्न सक्छ भन्ने कुराको नमुना पुन भएको उनीहरूले बताए।

पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनकथा समेटिएको पुस्तक लाहुरेको संघर्ष, करबाकेलीको सेवामा दुई दशक नामक पुस्तक सार्वजनिक भएको छ।

पत्रकार एवं कवि न्यौपानले सहजीकरण गरेको अन्तरक्रियामा पत्रकार खरेलले सरल भाषामा सुरुचिपूर्ण ढंगमा लेखिएको पुस्तक एकै बसाइँमा पढिसकेको अनुभव सुनाए।

त्यस्तै सञ्चारकर्मी लिम्बुले आफू लाहुरे परिवारको सदस्य भएको बताउँदै समाज सेवामा समर्पित चामबहादुर जस्ता लाहुरे थोरै भएको सुनाइन्।

कार्यक्रममा पर्यटन पत्रकार अमृत भादगाउँलेले करबाकेली क्षेत्र राम्रो पर्यटनधाम बनिसकेको अनुभव सुनाए। उनले भने,‘करबाकेलीलाई पर्यटकीय केन्द्र बनाउने नायक चामबहादुर नै हुन्।’

त्यस्तै सञ्चारकर्मी लिम्बुले आफू लाहुरे परिवारको सदस्य भएको बताउँदै समाज सेवामा समर्पित चामबहादुर जस्ता लाहुरे थोरै भएको सुनाइन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ काफलडाँडाका चामबहादुरले जीवनका १५ वर्ष बेलायती सेनामा बिताए। त्यसलगत्तै १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे। त्यसपछिका दिनमा भने मातृभूमिको सेवामा जीवन समर्पित गर्दै आएका छन्।

उनले पुन समुदायका कुल देवता करबाकेली बाबाको अनुसन्धान, काफलडाँडामा करबाकेली थान, पाहुनाघर, पुन सामुदायिक संग्रहालय निर्माणको परिकल्पना र अगुवाइ गरे। साथै पुनहिलदेखि बेनीबजार झर्ने पदमार्गलाई करबाकेली इको ट्रेकका रूपमा ब्रान्डिङ गरे।

उनले पुन जीवनशैलीमा आधारित दुई चलचित्र पनि निर्माण गरे। ती दुवै चलचित्रमा खलपात्रको अभिनय गरेका चामबहादुर वास्तविक जीवनमा नायक बनेका छन्।

पुन समुदायको पहिचानका लागि अगुवाइ गर्दागर्दै उनले करबाकेली क्षेत्रको सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा अतुलनीय योगदान पुयाएका छन्। करबाकेली क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र पनि बनेको छ।

उनले पुन जीवनशैलीमा आधारित दुई चलचित्र पनि निर्माण गरे। ती दुवै चलचित्रमा खलपात्रको अभिनय गरेका चामबहादुर वास्तविक जीवनमा नायक बनेका छन्।

परिवारलाई बेलायतमा छाडेर वर्षका अधिकांश समय मातृभूमिको सेवामा खटिने चामबहादुर  जस्ता उदाहरणीय एवं प्रेरणादायी व्यक्ति हरेक गाउँमा भइदिए नेपालले छिट्टै काँचुली फेर्न सक्छ।

रंगीन कलेवरमा छापिएको १७० पेजको उक्त पुस्तकको मूल्य ५ सय रुपैयाँ राखिएको छ। पुस्तक बिक्रीको सतप्रशित रकम सामाजिक काममा लगानी गरिने पुनले बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८० ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App