१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नयाँघरेलाई दीपा जनमत सम्मान

जनमत वाङमय प्रतिष्ठान, बनेपाले साहित्यकार युवराज नयाँघरेलाई दीपा जनमत सम्मान अर्पण गरेको छ।

प्रतिष्ठानले एक साहित्यिक समारोहको आयोजना गरी प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले चर्चित निबन्धकार/नियात्राकार नयाँघरेलाई दीपा जनमत सम्मान अर्पण गरेका थिए।

उनलाई नगदराशि, सम्मानपत्र, दोसल्ला, जनमत पदकसहित प्रतिष्ठानबाट प्रकाशित मानक ग्रन्थहरू प्रदान गरिएको थियो।

जनमत वाङमय प्रतिष्ठान, बनेपाले साहित्यकार युवराज नयाँघरेलाई दीपा जनमत सम्मान अर्पण गरेको छ।

प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले निबन्धकार नयाँघरेको सिर्जनशील साहित्यिक गति र योगदानबारे चर्चा गरेका थिए। उनले भने, ‘ओझेल परेको निबन्ध विधालाई विशेष उचाइ दिनमा नयाँघरेको उल्लेखनीय योगदान रहेको छ।’

कार्यक्रममा प्रतिष्ठानका सदस्यहरू: भारती श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, रामसुन्दर देउजा, सोमकाजी शाक्य, श्रीकृष्ण श्रेष्ठ लगायतले नेपाली साहित्य, सम्मानित स्रष्टाबारे बोलेका थिए।

सम्मानित लेखक नयाँघरेले नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गरेर जनमत वाङमय प्रतिष्ठानले सराहनीय काम गरेको बताए। उनले भने, ‘गुटभन्दा माथि उठेर यो प्रतिष्ठानले ज्यादै रचनात्मक कार्यलाई आफ्नो लक्ष्य राखेको छ, यसले नेपाली साहित्यको गुणात्मक पक्षलाई सघाउ पुग्नेको छ।’

कार्यक्रममा प्रतिष्ठानका सदस्यहरू: भारती श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, रामसुन्दर देउजा, सोमकाजी शाक्य, श्रीकृष्ण श्रेष्ठ लगायतले नेपाली साहित्य, सम्मानित स्रष्टाबारे बोलेका थिए।

यसअघि विशिष्ट साधकहरूले दीपा जनमत सम्मान प्राप्त गरिसकेका छन्। मदन पुरस्कारबाट समेत पुरस्कृत नयाँघरे अन्य धेरै सम्मान र पुरस्कारबाट समेत सम्मानित भैसकेका छन्।

प्रकाशित: ८ जेष्ठ २०८० ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App