८ वैशाख २०८१ शनिबार
कला

चलचित्र सानिमायाको छायांकन जेठ १५ गतेबाट

नेपाली चलचित्र सानिमायाको छायांकन यहि जेठ १५ गतेबाट  शुरु हुनेछ । यस अघि यस चलचित्रले बैशाख २० गते शुभ मुर्हत  गरेर छायांकनको मिति तय गरेको हो ।

८८४८ इन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा बन्न लागेको यस चलचित्रमा  नायक अर्जुन थापा, प्रियन्का श्रेष्ठ, स्वयक्षा ढकाल, अभिषेक फुइयालले , मुख्य भूमिका निभाएका छन।त्यसैगरी  रामचन्द्र अधिकारी, शारदा गिरि काली बुढी, सावित्रा चिलुवाल,राजकुमार शाह, कृष्ण प्रसाद धिताल, आइस सिङ घ्लान, भिमशेन खतिवडा, सनैया घिमिरे, लगायतको अभिनय रहने छ।

राज चौधरी निर्माता रहने चलचित्र सानिमायाको लेखन निर्देशन नव निर्देशक देव धिमाल, मुख्य सहायक निर्देशक नवीन काफ्लेले  रहेका छन । 

प्रकाशित: ७ जेष्ठ २०८० ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App