coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्रेमरोगीको भिडियो सार्वजनिक

गायक प्रताप दासको स्वर रहेको गीत प्रेमरोगीको भिडियो सार्वजनिक भएको छ।गीतमा हिराकाजी थापाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, साहस शाक्यको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ।

भिडियोमा सागर खनाल, प्रतिक्षा भण्डारी र दिनेश खड्का फिचर्ड छन्। प्रेमभावको गीतमा सागर र प्रतिक्षाको बाल्यकालिन प्रेमदेखि युवावस्थाको प्रेम देखाइएको छ।भिडियोमा विन्दुप्रसाद अधिकारी र सुस्मिता रिजालको पनि अभिनय छ।

हिराकाजी थापाको निर्देशन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन र कलर, प्रयास मगरको कोरियोग्राफी, देव दोर्जे लामाको छायाङ्कन छ।

प्रकाशित: ६ जेष्ठ २०८० १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App